Nepal Mediciti Hospital Ad

‘नेपाल लोक स्टार’को प्रदेश नं २ जनकपुर अडिसनको तयारी पुरा

तपाईको खबर संवाददाता प्रकाशित : चैत १५, २०७५ Flash News, मनोरञ्जन, लाेकस्टार विशेष, समाचार
rrm clz

हामी सम्पूर्ण नेपालीहरुको मौलिकता झल्काउने सिङ्गिङ रियालीटि सो ‘नेपाल लोक स्टार’को प्रदेश नं २ जनकपुर अडिसनको सम्पुर्ण तयारी पूरा भएको छ।

चैत्र १६ गते प्रदेश नं २ अन्तर्गत जनकपुरमा रहेको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा हुन गईरहेको अडिसनको तयारीको लागि ‘नेपाल लोक स्टार’ टोली जनकपुर पुगेको थियो ।

धनुषा जिल्लामा रहेको जनकपुरलाई प्राचीन कालदेखि मिथिला राज्य भन्ने गरिएको छ। जनकपुर मैथली, भोजपुरी र थारु संस्कृतिमा धनी छ। त्यहाको मौलिक संस्कृतिलाई जगेर्ना गर्न नेपाल लोक स्टार एउटा राम्रो अवसर हुनेछ भन्नेमा आयोजक टोली बिश्वस्त रहेको छ ।

यसअघि ‘नेपाल लोक स्टार’को धनगढी अडिसन, सुर्खेत अडिसन, बुटवल अडिसन, पोखरा अडिसन र इटहरी अडिसन सफलताका साथ सम्पन्न भइसकेको छ । यसपछि चैत्र २३ मा प्रदेश नं ३ काठमाडौँमा अडिसन भएपछि ‘नेपाल लोक स्टार’ को पहिलो चरणको अडिसन सकिनेछ ।

सातै वटा प्रदेशबाट छनोट भएका करिव २०० जना प्रतिस्पर्धिहरुलाई काठमाडौँमा मेगा अडिसनको लागि बोलाईने नेपाल लोक स्टारका आयोजक समितिका सदस्य गोपाल दाहालले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित