Nepal Mediciti Hospital Ad

बुवाको साथ र सहयोग नभएको भए मैले काठमाडौँ सहर देख्ने थिइनहोला

तपाईको खबर संवाददाता प्रकाशित : चैत १०, २०७५ Flash News, फिल्म-संगीत, साताका कलाकार
Roji kunwar tapaiko khabar

नेपाल कला र संस्कृतिले भरीएको देश हो । मारुनी ,देउडा ,टप्पा, तामाङ सेलो, झ्याउरे ,नेवारी जस्ता नृत्यका विधाहरुले नेपाललाई विश्वसामु चिनाउन महत्वपुर्ण भूमिका खेल्दछ । आज हामि सुदूरपश्चिमको काखमा हुर्किएकि सुन्दरी थुप्रै देउडा गीतमा मोडलिङ गरीसकेकी चर्चित मोडल रोजी कुवँरसँगको कुराकानीमा छौ जसले आफ्नो कल्चरल प्रस्तुती मार्फत नेपालीको मन तथा मुटुमा बस्न सफल भएकिछिन्।

सुदूरपश्चिम कुन जिल्लामा जन्मिनु भएको हो ?
म अछाम जिल्ला साफेँ बगरमा जन्मिएकि हुँ ।

आजकाल के मा ब्यस्त हुनुहुन्छ ?
म्यूजिक भिडियो सुटिङ र नेपाल लोक स्टार टिमसँग पनि काम गर्ने अवसर पाएको छु त्यसैमा ब्यस्त छु ।

कति सालमा काठमाडौँ आउनुभयो ?
म २०६९ सालमा एस्. एल. सी परीक्षा दिएर काठमाडौँ आएकि हु ।

अछामदेखि काठमाडौँसम्म आएर आफुलाई एक मोडलको रुपमा स्थापित गर्न कत्तिको गाह्रो भयो ?
गाह्रो त पक्का पनि गाह्रो भयो किनभने हाम्रो भेगतिर यो लाइनलाई राम्रो नजरले हेरीदैन नेपाली समाज यस्तै त हो छोरीको लागी ओपन खालको कल्चर छैन तर आफ्नो फेमिलीको एकदम सपोर्ट भएर आफुलाई स्थापित गर्न सफल भए । बुवाको साथ नभएको भए त सायद मैले काठमाडौँ सहर नै टेक्न पाउने थिइन होला ।

एकदमै हट र राम्रि देखिनुहुन्छ फिगर मेनटेन कसरी गर्नुहुन्छ?
खानपानमा बिशेष ध्यान दिन्छु र ब्यायाम गर्छु।

मेकअप कत्तिको गर्नुहुन्छ कुन ब्राण्ड प्रयोग गर्नुहुन्छ ?
एकदम मनपर्छ मेकअप गर्न ब्राण्ड भन्दा पनि आफ्नो स्किनलाई जुन सुट गर्छ त्यहि नै प्रयोग गर्छु।

ड्रेसअपमा कत्तिको ध्यान दिनुहुन्छ?
मौसम अनुसारकै फेसनका लुगा लाउने गर्छु सट्स स्कर्ट पनि एकदम मनपर्छ अवस्था हेरेर ड्रेसअप गर्छु ।

अहिलेसम्म कतिओटा म्यूजिक भिडियो खेल्नुभयो ?
सय भन्दा धेरै गीतहरु खेलीसकेको छु ।

कल्चरलमा नै एकदम जम्नु भाएको छ आधुनिकतिर त्यति चल्नु भएको छैन नी किन हो ?
आधुनिक पनि गरीरहेकी छु।  प्यारा सर्जक तथा श्रष्टाहरुले धेरै  कल्चरलको लागि नै अफर गर्नुहुन्छ त्यसैले त्यतातिर नै राम्रो गर्न सफल भएकि छु ।

अफर आयो भने फिल्म खेल्नुहुन्छ ?
फिल्म खेल्नेबारे अहिले त्यस्तो केहि सोचेकि छैन ।

कोहिसँग प्रेम सम्बन्धमा हुनुहुन्छ ?
अहिले छैन तर मन मिल्ने कोहि भेटियो भने प्रेम सम्बन्धमै हुन्न भन्ने चाहि होइन ।

प्रेम के हो जस्तो लाग्छ ?
नराम्रोमा पनि राम्रो देख्नु अरुको पिडामा पनि आफुले महशुस गर्न थाल्नु नै प्रेम हो जस्तो लाग्दछ ।

अब भबिष्यको योजना के छ ?
मोडलिङलाई नै निरन्तरता दिन्छु यहि क्षेत्रमा नै अझ राम्रो गर्ने सपना छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित