आज : २०७६ वैशाख १२ गते

Nepal Mediciti Hospital Ad

प्रधानमन्त्रीद्वारा गौतमबुध्द अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन

तपाईको खबर संवाददाता प्रकाशित : चैत ८, २०७५ पर्यटन-ऊर्जा, समाचार
kp oli

प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरी प्रगतिको जानकारी लिएका छन् ।

बुधवार बिहान भैरहवा आएका प्रधानमन्त्री ओलीले सो विमानस्थलको हालसम्मको कार्यप्रगति सन्तोषजनक भएको भन्दै निर्माण कार्यलाई थप गति दिई चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए ।

प्रधानमन्त्री ओलीका साथ संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढा, नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमसहितले स्थलगत अवलोकन गरेको थियो ।

विमानस्थलको प्रगति विवरणबारे आयोजना प्रमुख ई प्रवेश अधिकारीले विवरण प्रस्तुत गर्दै हालसम्म ८० प्रतिशत काम सम्पन्न भएको जानकारी गराए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित