Nepal Mediciti Hospital Ad

वैदेशिक रोजगार विभागमा ६० हजार घुससहित नासु पक्राउ

तपाईको खबर संवाददाता प्रकाशित : चैत ८, २०७५ Flash News, मुख्य खबर, समाचार
Arreste_Tapaikokhabar

वैदेशिक रोजगार विभाग काठमाडौँका नायब सुब्बा रामकुमार फुयाँल ६० हजार घुससहित पक्राउ परेका छन् ।

वैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई धम्क्याएर ६० हजार रुपैयाँ घुस लिएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिएको टोलीले फुयाँललाई पक्राउ गरेको हो ।

साक्षी बसेका व्यक्तिलाई नासु फुयाँलले उजुरी परेको भन्दै पटकपटक कार्यालयमै बोलाएर घुस नदिए पक्राउ पूर्जी जारी गर्ने धम्की दिने गरेको उजुरी परेको थियो ।

नासु फुयाँलले घुसवापत लिएको रकम जोरपाटी चोकमा फलफूल पसल गर्ने ध्रुब खड्कालाई राख्न दिएका थिए । सोही रकम फिर्ता लिने क्रममा दुबैजनालाई जोरपाटीचोकको सापकोटा मिठाई पसलबाट पक्राउ गरिएको अख्तियारको कार्यालयले जनाएको छ ।

पक्राउ परेका दुबैजनाको थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित