आज : २०७६ वैशाख १२ गते

Nepal Mediciti Hospital Ad

बर्डफ्लू संक्रमण देखिएपछि काठमाडौँमा मात्र ८५ हजार कुखुरा नष्ट

तपाईको खबर संवाददाता प्रकाशित : चैत ५, २०७५ Flash News, पत्रपत्रिका मुख्य, पत्रपत्रिकाबाट, समाचार
layers

मुलुकका तीन जिल्लामा पालेका कुखुरामा बर्डफ्लूको संक्रमण देखिएको छ। मकवानपुर, काठमाडौं, पोखरामा बर्डफ्लूको संक्रमणले धमाधम कुखुरा मरेका छन्। कुखुरा मर्न थालेपछि शंका लागेर परीक्षण गर्दा बर्डफ्लू भाइरस एच५एन१ संक्रमण भएको पुष्टि भएको पशु सेवा विभागले जनाएको छ।

बर्डफ्लूको संक्रमण फैलिएपछि किसानलाई करोडौं रुपैयाँको क्षति पुगेको छ। बर्डफ्लूको संक्रमण देखिएको र त्यसलाई फैलिन नदिनका लागि सुरक्षात्मक उपाय अपनाएको पशु सेवा विभागले जनाएको छ। केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरले बर्डफ्लू भाइरस भएको पुष्टि गरेपछि कुखुरा नष्ट गरिएको छ।

तीन जिल्लामा संक्रमण देखिए पनि सरकार मकवानपुर, काठमाडौंमा मात्र करिब सवा लाख कुखुरा नष्ट गरेको पशु सेवा विभागले जनाएको छ। दुई जिल्लामा एक लाख २३ हजार एक सय ३४ कुखुरा नष्ट गरेको विभागले जनाएको छ। बर्डफ्लू भेटिएका ठाउँमा कुखुरा नष्ट गरेर गाड्ने काम जारी रहेको विभागका प्रवक्ताले बताएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित