Nepal Mediciti Hospital Ad

गीतकार अर्जुनरत्न भिखारीको ‘पञ्चामृत’ सार्वजनिक (भिडियोसहित)

तपाईको खबर संवाददाता प्रकाशित : चैत ४, २०७५ कला खबर, भिडियो, मनोरञ्जन
dhanle hoina mannle

गीतकार अर्जुनरत्न भिखारी र संगीतकार सुनिल मास्केको गीतिसंग्रह ‘पञ्चामृत’ सार्वजनिक भएको छ।

वरिष्ठ गीतकार एवं चलचित्र निर्देशक यादव खरेल, वरिष्ठ संगीतकार शम्भूजित बास्कोटा, वरिष्ठ गायक दीप श्रेष्ठको प्रमुख आतिथ्यतामा ‘पञ्चामृत’लाई सार्वजनिक गरिएको हो ।

गीतसंगीतका त्रिवेणी वरिष्ठ तीन स्रष्टालाई गीतकार भिखारी र संगीतकार मास्केले सम्मान गर्दै उनीहरुको हातबाट नै गीतिसंग्रह पञ्चामृत सार्वजनिक गरिएको थियो ।

कार्यक्रमको सुरुवातमा नै मनले होइन धनले र जवानीको ऐना हजुर दुई वटा गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको थियो । भिडियो हेरेपछि बल्ल औपचारिक रुपमा कार्यक्रमलाई सुरुवात गरिएको थियो ।

भाइब्स क्रियशनको आयोजनामा भएको उक्त विमोचन कार्यक्रमलाई संचारकर्मी नरेश भट्टराई र संचारकर्मी एवं निर्देशक दिनेश डीसीले संचालन गरेका थिए ।

गीतिसंग्रह पञ्चामृतभित्र धनले होइन मनले, जवानीको ऐना हजुर, परैदेखि, मन मनै त हो, तिम्रा झुटा जस्ता बोलका गीत रहेका छन् ।

जसमा सुरज थापा, मेलिना राई, सुरेश लामा, प्रमोद खरेल, स्वरुपराज आचार्यको स्वर रहेको छ । गीतहरुमा संगीत संयोजन रिकेश गुरुङ, सञ्जीव बराइली, प्रदीप श्रेष्ठको रहेको छ भने मिक्सिङ मास्टरिङ किशोर थापाको रहेको छ । एल्बमलाई भाइब्स क्रियशनले बजार व्यवस्थापन गरेको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित