Nepal Mediciti Hospital Ad

पोखरी सुक्न थालेपछि माछा पालन ब्यावसायी मारमा

तपाईको खबर संवाददाता प्रकाशित : चैत ३, २०७५ अर्थ, पत्रपत्रिका मुख्य, पत्रपत्रिकाबाट, समाचार
dry fish pond

सुनसरी वराहक्षेत्र नगरपालिका मधुवन क्षेत्रमा रहेका माछा पोखरी सुक्न थालेका छन् । सप्तकोशी नदीको पानीको बहाव घटेसँगै मधुवन क्षेत्रमा रहेका माछा पोखरी सुक्न थालेका हुन् ।

माछा पोखरी सुक्न थालेपछि कृषक चिन्तित भएका छन् । राम्रो आम्दानी गर्ने उद्देश्यले पोखरी खनेर भुरा हालेको भए पनि पोखरी सुक्न थालेपछि कृषक निराश भएको स्थानीय माछा कृषक सञ्जयकुमार मेहताले बताए । मेहताको पाँच वटा पोखरी रहेकामा सबै सुकेका छन् । यसबाट रु चार लाख बराबरको घाटा भएको उनले बताए ।

त्यसैगरी नरबहादुर थापाको तीन र केशवराज माझीको चारसहित सो क्षेत्रमा दर्जनौँ माछा कृषकको पोखरी सुकेको मेहताले बताएका छन् । मेहताका अनुसार माछा पोखरी सुक्दा मधुवन क्षेत्रमा मात्रै रु ३० देखि ४० लाखसम्मको घाटा भएको छ । सप्तकोशी नदीको बहाव पश्चिमतर्फ गएको र पानीको सतह पनि घटेका कारणले माछा पोखरी सुकेको उनले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित