आज : २०७६ कात्तिक ९ गते

Nepal Mediciti Hospital Ad

प्रतिभा खोज्दै ‘नेपाल लोक स्टार’ टोली गण्डकी प्रदेशमा

तपाईको खबर संवाददाता प्रकाशित : चैत २, २०७५ Flash News, मनोरञ्जन, मुख्य खबर, लाेकस्टार विशेष, समाचार
pokhara audition

नेपालभर लुकेर बसेको आवाज खोज्दै सातै प्रदेशमा हुने अडिसनको देश दौडाहामा निस्किएको ‘नेपाल लोक स्टार’ टोली आज गण्डकी प्रदेश स्थित पोखरा अडिसनमा जुटेको छ ।

पोखराको सिमलचौरमा रहेको जनप्रिय मा. वि मा बिहान १० बजेदेखि प्रतिस्पर्धीहरुको भिड लागेको ‘नेपाल लोक स्टार’का आयोजक समितिका सदस्य गोपाल दाहालले जानकारी दिएका छन् ।

गण्डकी प्रदेशबाटै अडिसन दिन चाहाने तर फारम भर्न छुटेकाहरुलाई अडिसन स्थलमै फारम भर्ने ब्यवस्था समेत गरिएको दाहालले जानकारी दिएका छन् ।

अडिसन बेलुका ५ बजेसम्म जारी रहनेछ । यसपछि ‘नेपाल लोक स्टार’को अर्को अडिसन इटहरीमा चैत्र ११ गते हुनेछ ।

‘नेपाल लोक स्टार’को निर्णायक टोलीमा जयनन्द लामा, सुनीता दुलाल, रामजी खाँड र बिबि अनुरागी रहेका छन् भने कार्यक्रमका होस्टमा शुभेच्छा खड्का र अशोक धिताल रहेका छन् ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित