Nepal Mediciti Hospital Ad

दोलखामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

तपाईको खबर संवाददाता प्रकाशित : चैत १, २०७५ समाचार
accident

दोलखा जिल्लाको नयाँबाटोमा मजदुर बोकेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

सिनो हाइड्रोले भाडामा लिएर चलाएको बा ४ ख ४५७३ नम्बरको बस शुक्रबार बिहान ७ः४५ बजे बिगु गाउँपालिका–१, नयाँबाटोमा दुर्घटना भएको हो ।

दुर्घटनामा सुर्खेत चौकुने गाउँपालिका–३ का ३८ वर्षीय दिनेश थापा र लमजुङ मर्स्याङ्दी गाउँपालिका–३ का ४४ वर्षीय हीराप्रसाद मिजारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, दोलखाले जनाएको छ ।

दुर्घटनामा घाइते २४ जनाको जिल्ला सदरमुकाम चरिकोटका अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार, घाइतेमध्ये ४ को अवस्था गम्भीर छ ।

बस दुर्घटनाको कारण खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।बस सडकबाट ३० मिटर तल खसेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित