Nepal Mediciti Hospital Ad

‘लोक स्टार’ बुटवल अडिसनको नतिजा सार्वजनिक (नामावलीसहित)

तपाईको खबर संवाददाता प्रकाशित : फागुन ३०, २०७५ Big News, मनोरञ्जन, लाेकस्टार विशेष, समाचार
butwal audition

नेपाल लोक स्टारको पहिलो चरणमा भएको प्रदेश अडिसनको ५ नम्बर प्रदेशको अडिसनको नतिजा सार्वजनिक भएको छ ।

चाहाना मिडिया प्रा.ली.को आयोजनामा नेपालको पहिलो एच.डि. टेलिभिजन ए.पी.वान चए. डि.बाट प्रशारण हुने गरी आयोजना भइरहेको टेलिभिजन रियालीटी शो नेपाल लोक स्टारको प्रदेश ५ को लागि बुटवलमा आयोजना भएको अडिसनको नतिजा सार्वजनिक भएको छ ।

नेपाली लोक गीत संगीतको संरक्षण, सम्वद्र्ध, प्रवद्र्धन, विकास र विश्वव्यापी प्रचारको लागि आयोजना भएको कार्यक्रमको फाल्गुन २५ गते बुटवलको सुख्खानगरस्थीत एभरेष्ट सेकेन्डरी स्कूलमा लिइएको प्रि–जज अडिसनको नतिजा सार्वजनिक भएको हो ।

पहिलो चरण अन्तर्गत रहेको खुल्ला तथा प्रि–जज अडिसन राउण्ड पार भएकाहरुलाई भने अब सातै प्रदेशको अडिसन समाप्त भए पछि काठमाण्डौँमा हुने मेगा अडिसन तथा जज अडिसनमा सहभागी गराईने आयोजकले जानकारी दिएको छ ।

प्रदेश ५ अन्तर्गतको अडिसनमा सहभागी भएर छनौट भएका व्यक्तिहरुको नामावली यस प्रकार रहेको छ ।

१. सीताराम थारु – नवलपरासी
२. बहादुर थापा – रुपन्देही
३. विवेक पंगेनी – रुपन्देही
४. कमल खत्री – दैलेख
५. कमल सुनार – अर्घाखाँची
६. इन्द्रा सुनार – दाङ
७. सर्मिला अर्याल – नवलपरासी
८. लोक बहादुर परियार – रुपन्देही
९. विक्रम परियार – प्यूठान
१०. सुनिता लोहनी – रुपन्देही
११. अनु परियार – नवलपरासी
१२. समिक्षा विश्वकर्मा – गुल्मी
१३. प्रदिप पन्थी – अर्घाखाँची
१४. रोशन वि.सी. – नवलपरासी
१५. सकुन्तला गैरे – रुपन्देही
१६. भावना नेपाली – नवलपरासी
१७. सन्तोष परियार – प्यूठान
१८. कृष्ण प्रसाद अर्याल – गुल्मी
१९. पार्वती आचार्य – अर्घाखाँची
२०. लोक नाथ पंगेनी – नवलपरासी
२१. लिना पाण्डे – गुल्मी
२२. कपिल लामा – गोरखा
२३. गिता ढकाल – स्याङ्जा
२४. आनन्द नेपाली – जाजरकोट
२५. विराज लामा – चितवन
२६. रुपा राना मगर – पाल्पा
२७. कृष्ण बहादुर नेपाली – रुपन्देही
२८. चिरन्जीवी भट्टराई – स्याङ्जा
२९. वेद प्रकाश भण्डारी – स्याङ्जा
३०. सुरेश नेपाली – पाल्पा
३१. नविन वि.क. – नवलपरासी
३२. निश्चल गुरुङ्ग – गोरखा
३३. भिम वि.क. – बाग्लुङ
३४. सुशील आचार्य – रुपन्देही
३५. अर्जुन मिश्र – कपिलवस्तु

प्रतिकृया दिनुहोस्

सम्बन्धित