Nepal Mediciti Hospital Ad

काँठे क्षेत्रमा एकक्षत्र राज गर्दै सरोज लामिछाने

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २८, २०७५ कला खबर, भिडियो, मनोरञ्जन, साताका कलाकार
saroj lamichhane songs

काभ्रे जिल्लामा जन्मिएर संघर्ष गर्दै आज काँठ क्षेत्रमा एकलौटि राज गर्दै आएका गायक हुन् सरोज लामिछाने एक कुशल संचारकर्मी समेत रहेका सरोजले प्राय काँठ क्षेत्रका भाकाहरु गाउने देखि शब्द सिर्जना समेत गर्ने गर्दछन् ।

पछिल्लो समय आफ्नै आवाज रहेको नयाँ गीत काँ होला र सुन जस्तो पितल भर्खर मात्र सार्वजनिक भएको छ ।माया प्रेमलाई विषय बस्तु बनाइ तयार पारिएको निकै सुमधुर सो गीतमा सरोज लामिछाने र सरिता रिजालको आवाज रहेको छ ।

गीतको सम्पुर्ण पक्ष उत्कृष्ट रहेको छ भने टिकटक लगाएत सामाजिक सञ्जालमा यस गीतका केहि टुक्क पहिलेनै भाइरल भइसकेका छन ।

मध्यमाञ्चलमा बढि चर्चामा आउने यो भाकामा सरोजले यस अगाडी पनि केहि गीत सार्वजनिक गरि सबै माझ लोकप्रिय बनिसकेका छन । साथै उनले सञ्चार क्षेत्रबाट पनि आफ्नो परिचय ब्यापक बनाएका छन ।

सरोज लामिछानेको लय तथा शब्द सिर्जना रहेको सो गीतमा दिनेश थापा,एलिना रायमाझी,कल्यान कुमार कार्की,मुस्कान घर्ति र सिमा भण्डारीको अभिनय रहेको छ साथै गीतमा प्रकाश भट्टको निर्देशन रहेको छ ।

हेर्नुहोस गीतको पुरै म्युजिक भिडियो

प्रतिकृया दिनुहोस्

सम्बन्धित