Nepal Mediciti Hospital Ad

२७ औँ बसन्त पार गरे चर्चित अभिनेता प्रदिप खड्काले

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २६, २०७५ कला खबर, मनोरञ्जन
pradeep khadka

पछिल्लो समय सर्वाधिक व्यस्त, महँगा र डिमाण्डेड अभिनेता प्रदीप खड्काले आइतबारबाट जीवनको २७ औं बसन्त पार गरेका छन् । ललितपुरको कुसुन्तीमा सन् १९९२ मार्च १० मा माता सारदा खड्का र पिता टेक बहादुर खड्काको कोखबाट जन्मिएका उनले सिक्किम मनिपाल युनिभर्सिटिबाट सम्बन्धन प्राप्त लर्ड बुद्ध फाउन्डेसनबाट एमबिए सकाएका छन् । उनले मार्केटिङमा मास्टर्स गरेका हुन् ।

आफ्नै लगानीमा फिल्म ‘स्केप’ बाट अभिनय यात्रा थालनी गरेका उनलाई सन् २०१६ मा प्रदर्शनमा आएको सुदर्शन थापा निर्देशित फिल्म ‘प्रेमगीत’ रातारात स्टार बनाएको थियो । नेपाली फिल्ममा भविष्य नदेखेर अष्ट्रेलिया उड्न लाग्दा उनलाई यो फिल्म हातमा परेको थियो । यो फिल्मपछि उनले आफ्नो करिअरलाई लिएर चिन्तित हुनु पर्ने अवस्था सृजना भएको छैन । उनलाई लिएपछि फिल्म हिट हुन्छु भन्ने मान्यता अहिले फिल्ममेकर्समा छ ।

खासगरि युवापस्ताका ढुकढुकी प्रदीपले अहिले एक फिल्मबापत ४० लाखमाथि पारिश्रमिक बुझ्ने गरेका छन् । २ लाख पारिश्रमिक लिएर फिल्म प्रेमगीत गरेका उनले यसैको दोस्रो पार्टमा ८ लाख पारिश्रमिक बुझे । यो फिल्मले मुनाफा कमाएको भन्दै निर्माता सन्तोष सेनले उनलाई ५० लाखको आसपास पर्ने क्रेटा गाडी गिफ्ट नै गरेका थिए । ‘लिलिबिली’ मा उनले २२ लाख बुझे भने ‘रोज’ मा २५ लाख हात पारे ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित