Nepal Mediciti Hospital Ad

उत्साहजनक सहभागीताको साथ भइरहेको छ ‘नेपाल लोक स्टार’ को बुटवल अडिसन

तपाईको खबर संवाददाता प्रकाशित : फागुन २५, २०७५ Flash News, कला खबर, मनोरञ्जन, लाेकस्टार विशेष, समाचार
Nepal Lok star butwal

चाहाना मिडिया प्रा. ली को प्रस्तुतिमा हुन गइरहेको लोक गीत संगीत को माहा मेला सिङ्गिङ रियालिटी सो ‘नेपाल लोक स्टार’ को प्रदेश नं ५ बुटवल अडिसन आज (फाल्गुण २५) मा उत्साहजनक सहभागिताको साथ भइरहेको छ।

रुपन्देहि जिल्लामा रहेको प्रदेश नं ५ को बुटवल स्थित एभरेष्ट बोर्डिङ स्कुलमा आज बिहान ८ बजे देखि नै प्रतिस्पर्धिहरुको घुइचो लागेको लोक स्टार का आयोजक समितिको सदस्य गोपाल दाहाल ले बताए ।

नेपाल को पहिलो लोक संगीतको आकाशमा उदाउने तारा बन्न आतुर देखिएका प्रतिस्पर्धिहरु लाइनमा बसेर पालो कुर्दै अडिसन दिइरहेको कुरा पनि दाहालले जानकारी गराए ।

प्रदेश नं ७ र ६ को जस्तै प्रदेश नं ५ बाट पनि ४० देखि ५० को अनुपातमा छानिएर प्रतिस्पर्धिहरु काठमाण्डौ आउनेछन् । यसपछि ‘नेपाल लोक स्टार’ को प्रदेश नं ४ पोखरा अडिसन चैत्र २ गते जनप्रिय उच्च मा बि सिमल चौर मा हुदैछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित