Nepal Mediciti Hospital Ad

फेवातालमा एक युवतिको शव फेला

तपाईको खबर संवाददाता प्रकाशित : फागुन १९, २०७५ Flash News, पत्रपत्रिका मुख्य, पत्रपत्रिकाबाट, समाचार
death

पोखराको फेवाताल–६ मा आज बिहान पोखरा नर्सिङ क्याम्पसकी एक छात्राको शव भेटिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–२ को ढिकुरपोखरी बस्ने १९ वर्षीया दिव्या अधिकारीको फेवातालमा घोप्टो परेको अवस्थामा शव भेटिएको बैदाम कार्यालयका प्रमुख कोमल शाहले जानकारी गराएको छ ।

नर्सिङ कलेजमा अध्ययनरत अधिकारी आज बिहानै क्याम्पस जानका लागि घरबाट हिँडेको बताइएको छ । उनको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित