Nepal Mediciti Hospital Ad

नेपाली चलचित्र ‘सरौतो’ को ‘चुलो चौको’ बोलको गीतको छायांकन

तपाईको खबर संवाददाता प्रकाशित : फागुन १७, २०७५ फिल्म-संगीत, मनोरञ्जन
nepali movie sarauto songs

एक्सन-लभस्टोरी फिल्म भनिएको ‘सरौतो’ को बिहीवारबाट लोक लयको गीतको छायांकन ललितपुरस्थित सानेपाको इन्टरनेशनल क्लबमा सुरु गरिएको छ । गीतमा अभिनेत्री सुमी मोक्तान र अभिनेता सन्नी सिंहलाई बेहुला तथा बेहुलीको साथीको रुपमा प्रस्तुत गरिएको छ । गीत भ्याएसँगै फिल्मको राजधानी सेड्युल सकिनेछ ।

डेब्यू निर्देशक हरि हुमागाइँले छायांकन भइरहेको गीतलाई इम्याजिन सिनको रुपमा ब्याख्या गरे । ‘स्कुलमा एउटा कार्यक्रममा आयोजना गरिएको कार्यक्रममा हिरोको सम्झनामा आउने सिनको छायांकन गरिरहेका छौं,’ उनले भने ‘फिल्म र गीतलाई दर्शकले इन्जोय गर्नु हुन्छ ।’ गीतलाई लिएर उनी निकै विश्वस्त छन् ।

छायांकन भइरहेको गीत ‘चुलो चौका’ मा राजनराज शिवाकोटी र अञ्जु पन्तको स्वर छ । भने, राजनकै शब्द र संगीत रहेको छ । यसै फिल्ममार्फत् कोरियोग्राफीमा डेब्यू गरेकी निलिशा शाक्य पनि गीतलाई लिएर आशावादी छिन् । अभिनेत्री सुमीले भने पहिलो पटक गीतमा नृत्य गरेको बताउँदै रमाइलो महशुस भइरहेको बताइन् ।

फिल्म डायरी मार्फत् डेब्यू गरेका सन्नीले गीतलाई इन्जोय गरिरहेको बताए । गीत लोकलयको भएकोले इन्जोय गरिरहेको छुु, उनी भन्छन्, ’डान्स मलाई सहज लाग्दैन तर यस गीतमा भने कम्फर्ट फिल गरिरहेको छु ।’ गीतमा बेहुला र बेहुलीको रुपमा पराकर्म पीजेबी राणा र सम्पदा दाहाल देखिएका छन् ।

स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर फिल्म्स स्टुडियोको ब्यानरमा बनिरहेको फिल्ममा सह-निर्माताको रुपमा श्री महर्जन छन् । फिल्ममा सुमी र सन्नीसँगै विजय लामा, युवराज लामा, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, लियो ट्यांक आदीको अभिनय छ । फिल्ममा राघव कृष्ण गौतमको लेखन छ ।

उत्तम हुमागाईको छायांकन, शंकर महर्जनको एक्सन रहने यसमा राजनसँगै पुष्पन प्रधान, कमल खत्री, कोसिस क्षेत्रीको संगीत रहनेछ । भने, राजन, पुष्पन र कमलसँगै मिलन अमात्य, श्रेया सोताङ र केतन क्षेत्रीको स्वर रहनेछ । काठमाडौँमा तीन हप्तामा पहिलो सेड्युल सकाएपछि टोली चाँडै सिम्रौनग लगायतका तराईको स्थानमा छायांकन गर्न प्रस्थान गर्नेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित