आज : २०७६ वैशाख १२ गते

Nepal Mediciti Hospital Ad

सुनिता दुलालको नयाँ गीत ‘मुखैमा चिनी’ सार्वजनिक 

तपाईको खबर संवाददाता प्रकाशित : फागुन १३, २०७५ कला खबर, भिडियो, मनोरञ्जन
mukhaima_chini_Tapaikokhabar

लोक गायीका सुनिता दुलालको मुखैमा चिनी नामको गीत सार्वजनिक भएको छ । नेपाली लोक गीत संगीतको क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल गायीका दुलालको गीत आज सार्वजनिक भएको हो ।

सुनिता दुलालको आफ्नै आधिकारीक युट्युब च्यालन मार्फत  सार्वजनिक गरीएको गीतमा सुनिता दुलाल र प्रकाश सपुतको स्वर रहेको छ । प्रकाश सपुतको शब्द सिर्जना रहेको यस गीतमा संगीत पनि प्रकाश सपुतको नै रहेको छ ।

केकी अधिकारी र को फिचरिङ्ग भएको यस गीतको  छायांकन भने ज्ञानेन्द्र शर्माले गरेका हुन् । गम्भीर विष्टको निर्देशनमा तयार भएको यस गीतको सम्पादन भने नविन निरौलाले गरेका हुन् ।

बि.बि. अनुरागीको संगीत संयोजन रहेको यस गीतको रेर्कडिङ्ग भने प्रिज्म रेकर्डिङ्ग स्टूडियो बबरमहलले गरेको हो ।https://www.youtube.com/watch?v=FlxYsSQd-mM

प्रतिकृया दिनुहोस्

सम्बन्धित