आज : २०७६ वैशाख १२ गते

Nepal Mediciti Hospital Ad

ओस्कार अवार्डमा सर्बोत्कृष्ट चलचित्रको अवार्ड ‘ग्रीन बुक’ को हातमा

तपाईको खबर संवाददाता प्रकाशित : फागुन १३, २०७५ अन्तर्राष्ट्रिय, फिल्म-संगीत, मनोरञ्जन
Green Book

यस वर्षको ओस्कार अवार्डमा सर्वोत्कृष्ट चलचित्रको अवार्ड चलचित्र ‘ग्रीन बुक’ ले जितेको छ । अमेरिकाको लस एन्जेलसमा आइतबार राति आयोजित ९१ औं संस्करणको ओस्कार अवार्ड समारोहमा जिम बुर्कले निर्माण गरेको यस चलचित्रले सर्वोत्कृष्ट अवार्डसहित ३ वटा अवार्ड हात पारेको हो । यसै चलचित्रबाट अफ्रिकन मूलका अमेरिकी अभिनेता महेरसाला अलीले सर्वोत्कृष्ट सहायक अभिनेताको अवार्ड जिते ।

यस्तै सर्वोत्कृष्ट मौलिक पटकथाको अवार्ड पनि ग्रीन बुककै पोल्टामा प-यो । चलचित्र अस्वेत व्यत्तिको स्वेत ड्राइभरको कथामा आधारित छ । अभिनेता रामी मालेकले ओस्कार अवार्डमा उत्कृष्ट अभिनेता अवार्ड जितेका छन् ।

चलचित्र ‘बोहेमियन राप्सोडी’ मा फ्रेडी मर्करीको भूमिकाका लागि मालेकले उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका हुन् । मालेकले ‘भाइस’ मा पूर्व अमेरिकी राष्ट्रपति डिक चेनीको भूमिकामा देखिएका क्रिस्टियन बेल र ‘अ स्टार इज बर्न’ मा ज्याक मेनको भूमिकाका देखिएका ब्राड्ले कूपरलाई पछि पार्दै उत्कृष्ट अभिनेताको अवार्ड जितेका हुन् ।

यस्तै ओलिभिया कोलमेनले चलचित्र द फेवरेटबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन् । ब्रिटिस कलाकार कोलमेनले कमेडी ड्र्रामामा निभाएको भूमिकाका लागि उनले अवार्ड हात पारेकी हुन् । यस्तै अल्फोन्सो क्युरोनले सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन् । ’रोमा’ नामक अर्ध आत्मवृतान्तमा आधारित फिल्मका लागि उनले सो अवार्ड प्राप्त गरेका हुन् ।

उनको यो दोस्रो ओस्कार हो । उनले २०१४ मा पनि ग्य्राभिटी फिल्मका लागि ओस्कार जितेका थिए। यस्तै पिरियड, एण्ड अफ सेन्टेन्सले छोटो विषय अन्तर्गत उत्कृष्ट वृत्तचित्रको अवार्ड जितेको छ ।

उत्कृष्ट ओरिजिनल गीततर्फ भने लेडी गागाले ओस्कार अवार्ड जितेकी छिन् । ‘अ स्टार इज बर्न’ नामको एल्बममा रहेका उनकोे शोलो गीतबाट गागाले ओस्कार जितेकी हुन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित