आज : २०७६ वैशाख १२ गते

Nepal Mediciti Hospital Ad

कर्मचारी समायोजनको लागि ३३ हजार कर्मचारी अपुग

तपाईको खबर संवाददाता प्रकाशित : फागुन ३, २०७५ Flash News, पत्रपत्रिका मुख्य, पत्रपत्रिकाबाट, मुख्य खबर
Sanghiya-mamila-mantralaya-Tapaikokhabar

सरकारले स्थानिय तहको लागि समेत तीनै प्रदेशमा गर्न लागेको कर्मचारी समायोजनको लागि ३३ हजार कर्मचारी अपुग भएको छ ।

संघीय प्रणली लागू भए पछि तयार भएका तीन तहको सरकारको लागि एक लाख ३६ हजार ५५८ स्वीकृत दरबन्दी मध्ये अहिले एक लाख तीन हजार कर्मचारी पूर्ति हुने भए अझै ३३ हजार दरबन्दी खाली रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

अपुग ३३ हजार दरबन्दी मध्ये विभिन्न सेवा र समूहमा गरी करिब १२५ जना सहसचिव, दुई सय उपसचिव र बाँकी अन्य शाखा अधिकृत, नायब सुब्बा, खरिदार लगायतका कर्मचारीको दरबन्दी खाली रहने मन्त्रायका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार उक्त दरबन्दी पूर्ति गर्न सङ्घीय निजामति सेवा ऐन, प्रदेश निजामति सेवा ऐन, स्थानीय सेवा ऐन, सङ्घीय लोक सेवा ऐन र प्रदेश लोकसेवा ऐन निर्माण हुनपर्छ । त्यसका लागि मन्त्रालयले अहिले सङ्घीय निजामति सेवा ऐन, प्रदेश निजामति सेवा ऐन, स्थानीय सेवा ऐन मस्यौदा तयार गरी छलफलको क्रममा रहेको छ ।

गोरखापत्र दैनिक

प्रतिकृया दिनुहोस्

सम्बन्धित