Nepal Mediciti Hospital Ad

अख्तियार प्रमुखले राजीनामा नदिए महाअभियोग लगाउने नेकपाको चेतावनी

तपाईको खबर संवाददाता प्रकाशित : फागुन ३, २०७५ Big News, Flash News, मुख्य खबर
raj-narayan-pathak-Tapaikokhabar

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले आफैँ राजीनामा नदिएर महाअभियाग लगाएर पदच्युत गराउने नेकपाले चेतावनी दिएको छ ।

भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालकसँग घुस लिएको भिडियो केही व्यक्तिहरूबीच सार्वजनिक भएपछि उनमाथि नैतिक प्रश्न खडा भएको छ ।

यता पाठकले भने, आफूलाई फसाइएको दावी गर्दै आएका छन् ।

सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आयुक्त पाठकले राजीनामा नदिए महाभियोग लगाउने जनाएको छ । यस विषयमा छलफल अगाडि बढाएको नेकपाले जनाएको छ ।

कलेजको स्वामित्व विवादमा रहेको इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपानेले आयुक्त पाठकलाई ७८ लाख घुस दिएको समाचार सार्वजनिक भएसँगै नेकपाले महाभियोगको छलफल अगाडि बढाएको हो ।

राजीनामा नदिए महाभियोग दर्ता गरााउने नेकपाले जनाएको छ । घुस रकम लिएको प्रमाणस्वरुप सिंगो भिडियो नै बाहिर आइसकेपछि अब त्यसलाई पुष्टि गरिरहनु पर्ने आवश्यकता देखिँदैन ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित