Nepal Mediciti Hospital Ad

नतिजा खोज्ने कांग्रेसले धैर्य गर्न सिक्नु पर्छ  : गोकुल बास्कोटा

तपाईको खबर संवाददाता प्रकाशित : माघ २८, २०७५ राजनीति, समाचार
http://tapaikokhabar.com/wp-content/uploads/2019/02/gokul-baskota.jpg

सूचना सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारको नतिजा माग्ने कांग्रेसले धैर्य गर्न सिक्नु पर्ने बताएका छन् ।

सोमबार नेपाल पत्रकार महासंघ रुपन्देहीको साधारणसभा तथा पुरस्कार वितरण समारोहमा बोल्दै मन्त्री बास्कोटाले मिडियाले सरकारका राम्रा कामहरु पाखा लगाउँदै नराम्रो बारे मात्र प्रचारमा व्यस्त हुन थालेको गुनासो गरेकाछन् ।

कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले विपक्षी दलतर्फ लक्षित गर्दै लोकतन्त्र कसैको बपौति नभएको बताएका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई इंगित गर्दै उनले कम्युनिस्ट नामसँग नतर्सिनसमेत आग्रह गरेकाछन् ।

सत्ता गुमेको पीडामा लोकतन्त्रमाथि खतरा भएको, प्रेस स्वतन्त्रता हनन गर्न लागेको जस्ता अनेक हल्ला चलाइएको उल्लेख गरे ।

कम्युनिष्ट नभएको भए देशमा लोकतन्त्र र गणतन्त्र आउने थिएन भन्दै उनले अर्को चुनावसम्म धैर्य गर्न कांग्रेसलाई सुझाव दिए ।

०४६ साल र ०६२-६३ सालको परिवर्तन कांग्रेस एक्लैले नभई कम्युनिष्टको साथका कारण आएको मन्त्री बास्कोटाले बताए ।

पत्रकार महासंघको साधारणसभामा नगद ५० हजार राशीको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार भगवती पाण्डे र डायलसन अधिकारी तथा १० हजार राशीको बुटवल पब्लिक शैक्षिक पत्रकारिता पुरस्कारबाट लक्ष्मण पोखरेल पुरस्कृत गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित