आज : २०७६ वैशाख १२ गते

Nepal Mediciti Hospital Ad

नवराज पराजुलीको ‘बुद्धको टाउकोको मोल’ लण्डनमा सार्वजनिक (भिडियोसहित)

तपाईको खबर संवाददाता प्रकाशित : माघ २८, २०७५ Big News, Flash News, कला खबर, कविता, साहित्य, सिर्जना
Nawaraj-Parajuli-Tapaikokhabar

नेपाली युवा कविको रुपमा आफ्नो पहिचान उँचो बनाएका नवराज पराजुलीको कविता ‘बुद्धको टाउकोको मोल’ सार्वजनिक भएको छ ।

पराजुलीको उकृष्ठ बाचन शैली मार्फत प्रश्तुत गरिएको कविता बुद्धको टाउकोको मोल युरोप कविता कन्सर्ट अन्तर्गत लण्डनमा भएको कार्यक्रममा सार्वजनिक गरिएको हो । बेपत्ता नागरिकको कथामा आधारित कविता नवराज पराजुलीको आधिकारीक युट्युब च्यालन मार्फत सार्वजनिक गरिएको  छ ।

सगरमाथाको गहिराईमा समावेश रहेका ३६ कवितामा संग्रहित रहेको यो कविता कन्सर्ट द्धन्द्धकालमा अभिभावक गुमाएका बालबालिकाको लागि सर्लाहीमा चेतना सन्देश नेपालद्वारा स्थापित विद्यालय भवनको निर्माणको लागि गरिएको कविता कन्सर्टमा बाचन गरिएको थियो ।

‘ह्याप्पीवर्थ डे’, ‘सगरमाथाको गहिराई’,’ सतिदेवीको गाण्डीव’,’ ब्राम्हाजीको रजस्वला’, ‘रुख’, ‘मैझारो’, ‘पीर ती’, ‘बुवा’ ‘लोकसेवा’, ‘खोया’, ‘च्याउ’ लगायतका कविताहरु युट्युव मार्फत सार्वजनिक भइसकेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित