Nepal Mediciti Hospital Ad

फेरि परिवर्तन भयो मौसम, मंगलबारबाट वर्षा सुरु 

तपाईको खबर संवाददाता प्रकाशित : माघ २८, २०७५ Flash News, समाचार
http://tapaikokhabar.com/wp-content/uploads/2019/02/weather.jpg

लगातार तीन दिन भएको वर्षात् रोकिएर खुलेको मौसममा पुनः मंगलबारबाट परिवर्तन हुने भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार अपरान्हपछि पहाडी भेगमा वर्षात हुनेछ भने उच्च पहाडी क्षेत्रमा हिमपात हुनेछ । महाशाखाका अनुसार काठमाडौंमा पनि हल्का वर्षाको सम्भावना रहेको मौसमविदहरुले जनाएका छन् ।

 त्यस्तै, महाशाखाले दिएको जानकारी अनुसार  मंगलबारबाट नेपाललमा वर्षा गराउने वायुसहितको प्रणाली भित्रने छ । मौसमविदहरुको भनाई अनुसार यस्तो वायुले सामान्यतया हुने वर्षात भन्दा यस्तो वायुले अलि ठूलो वर्षा गराउनेछ ।

बिहीबारदेखि लगातारको वर्षा र हिमपात रोकिएर आइतबार काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यसअघिको पश्चिमी वायुको शक्तिशाली न्यून चापीय प्रणाली शनिबार राति बिदा भई कमजोर प्रणाली भित्रिएपछि मौसममा सुधार आएको हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित