Nepal Mediciti Hospital Ad

वर्षाका कारण मिति परिवर्तन भएको डीपीएल आजबाट सुरु हुँदै

तपाईको खबर संवाददाता प्रकाशित : माघ २८, २०७५ Flash News, खेलकुद, समाचार
http://tapaikokhabar.com/wp-content/uploads/2019/02/dpl-3.jpg

रुस्लान भोड्काले प्रिजेन्ट गरेको धनगढी प्रिमियर लिग डीपीएल सोमबारबाट सुरु हुने भएको छ । प्रतिकुल मौसमका कारण पूर्वनिर्धारित समयतालिका अनुसार दुई दिन पर सारिएको हो ।

सोमबारबाट नियमित रूपमा खेल सञ्चालन हुने आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले जानकारी दिएका छन् । संस्करणको पहिलो खेल सोमबार  घरेलु टोली धनगढी स्टार्स र काठमाडौं गोल्डेन्सबीच हुनेछ।

यस अघि भइका दुई संस्करण धनगढीको मुख्य बजारमा रहेको संघीय प्रहरी इकाई कार्यालयको खेलमैदानमा आयोजना गरियको भए पनि तेश्रो सस्करण भने फाप्ला क्रिकेट मैदानमा आयोजना गर्न लागिएको छ।

फाप्ला क्रिकेट मैदानमा गत वर्षदेखि माटो फिलिङ गरिएकाले वर्षाका कारण हिलाम्य भएपछि प्रतियोगिता दुई दिन पर सारिएको थियो। यद्यपि निर्धारित समय तालिकाअनुसार डीपीएलको उद्घाटन भने शनिबार नै एक गरिएको थियो।

डीपीएलका सद्भावनादूत दक्षिण अफ्रिकका पूर्वखेलाडी जोन्टी रोड्स पनि अहिले धनगढीमा छन्।

डीपीएलको तेस्रो संस्करणमा धनगढी स्टार्स, सीवाईसी अत्तरिया, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन, विराटनगर किङ्स र रूपन्देही च्यालेन्जर्सले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको विजेताले ३० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित