Nepal Mediciti Hospital Ad

फाइदा लिन नसकेपछि जनतामा भ्रम छर्ने काम गर्न थाले : प्रधानमन्त्री ओली 

तपाईको खबर संवाददाता प्रकाशित : माघ २८, २०७५ Big News, समाचार
http://tapaikokhabar.com/wp-content/uploads/2019/02/pm-kp.jpg

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र अन्य क्षेत्रबाट फाइदा लिन नसक्ने अवस्था देखेपछि विकासको कामको विरोध गर्दै जनतामा भ्रम छर्ने काम सुरु गरेका बताएका छन् ।

देश विकासको लागि जनताको अपेक्षा अनुसार काम गर्ने आधार तय भइरहेका बेला जनतालाई निराश बनाउन अनुचित र अनुपयुक्त प्रयास भइरहेको प्रधानमन्त्री ओलीले दावी गरे ।

उनले नेपालमा वैदेशिक लगानी भित्र्न नदिन चैत्र दोस्रो साता आयोजना हुन गइरहेको ‘नेपाल लगानी सम्मेलन’ भाँड्ने तत्वहरु पनि सक्रिय भइरहेको जिकिर गरे ।

सोमबार प्रजातन्त्र दिवसको अवसरमा गृह मन्त्रालयमा मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले मुलुकलाई अन्धरकार युगमा राखिरहने प्रयास अझै पनि भइरहेको भन्दै त्यस्ता प्रवृत्तिविरुद्ध लड्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले केही दिनअघि अरुण तेस्रो जलविद्युत आयोजनाको मेसिन जलाउने लगायतका गतिविधि भएको उल्लेख गर्दै सैहृय नहुने चेतावनी दिए । मुलुकमा विद्युतिकरण हुन नदिन त्यस्ता खालको गतिविधि भइरहेको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित