Nepal Mediciti Hospital Ad

बराबरीमा रोकियो बार्सिलोना

तपाईको खबर संवाददाता प्रकाशित : माघ २८, २०७५ खेलकुद, मुख्य खबर
http://tapaikokhabar.com/wp-content/uploads/2019/02/messi.jpg

स्पेनिस पावर हाउस बार्सिलोना ला लिगामा एथ्लेटिक बिल्बाओसँग गोलरहित बराबरीमा रोकिएको छ ।

बार्सिलोना आइतबार बराबरीमा रोकिएपछि दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई केही फाइदा पुगेको छ ।

कप्तान लियोनेल मेस्सी सुरुवाती रोजाईमा फर्किएको खेलमा उनले गोल गर्न नसकेपछि टोली गोलरहित नतिजामा खुम्चियो । आफ्नो घरेलु मैदान बार्सिलोनालाई रोक्न बिल्बाओले कक्षा प्रक्ति बलियो बनाएको थियो ।

दोस्रो हाफमा राम्रो अवसर बनाएको बार्सिलोनाले सदुपयोग गर्न सकेन । बराबरीसँगै बार्सिलोनाले २३ खेलबाट ५१ अंक बनाएको छ ।

दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको ४५ अंक छ । ४४ अंक बनाएको एट्लेटिको म्याड्रिड तेस्रो स्थानमा छ । बिल्बाओ २७ अंकका साथ १३औं स्थानमा छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित