Nepal Mediciti Hospital Ad

लडाकूबीचको भिडन्तमा चौँध जनाको मृत्यु

तपाईको खबर संवाददाता प्रकाशित : माघ २७, २०७५ अन्तर्राष्ट्रिय
http://tapaikokhabar.com/wp-content/uploads/2019/02/afganistan.jpg

अफगानिस्तानको उत्तरी प्रान्त ताकहारको खावजा घार जिल्लामा सुरक्षाकर्मी र तालिबान लडाकूबीच भएको भिडन्तमा परी १४ जनाको मृत्यु भएको छ ।

शनिबार भएको यस घटनामा परी मृत्यु भएका मध्ये छ र प्रहरी आठ विद्रोही लडाकू रहेका जिल्ला गभर्नर मोहम्मद ओमरले जानकारी दिए ।

“तालिवान लडाकूको एउटा समूहले सुरक्षा कार्यालयमा आक्रमण गरेको थियो, स्थानीय समयानुसार बिहान ७ बजे खावजा घार जिल्लामा आक्रमण भएको हो,” ओमरले भने ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित