Nepal Mediciti Hospital Ad

दाङमा बस दुर्घटना एकको मृत्यू, १४ जना घाइते

तपाईको खबर संवाददाता प्रकाशित : माघ २४, २०७५ मुख्य खबर, समाचार
accident

दाङमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। घोराही बाट लमही जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको बसले बुटवलबाट तुलसीपुर आउँदै गरेको बा १८ च ६८३६ नम्बरको कारलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको हो। मृतक महिलाको सनाखत हुन सकेको छैन। अन्य १४ जना घाइते भएका छन्।

कारमा सवार प्रदेशसभा सदस्य उत्तमकुमार वली गम्भीर घाइते भएका छन्। बसले सांसद वली सवार कारलाई घोराही–लमही सडकखण्डको चिसापानीमा ठक्कर दिएको थियो।

दाङ क्षेत्र नम्बर ३ ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य वली घाइते भएका हुन्।

कारमा सवार वलीको टाउको र खुट्टामा चोट लागेको दाङ प्रहरीले जनाएको छ। गम्भीर घाइते वलीको लमही अस्पतालमा उपचार भइरहेको छ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित