Nepal Mediciti Hospital Ad

यहि फेब्रुअरीमा हुदैछ ट्रम्प र किम बिच दोस्रो भेटवार्ता

तपाईको खबर संवाददाता प्रकाशित : माघ २३, २०७५ अन्तर्राष्ट्रिय, समाचार
trump and kim

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ्ग उनसँगको दोस्रो वार्ता यसै महिनामा हुने घोषणा गरेका छन् । ट्रम्पले यही फेब्रुअरी २७ र २८ तारिखमा भियतनाममा किमसँग भेटवार्ता हुने जानकारी दिएका हुन् ।

यो भेटवार्ता पनि परमाणु हतियार निःशस्त्रीकरणमा केन्द्रित हुने छ । यसअघि पहिलो भेटवार्ता सिंगापुरमा भएको थियो । उक्त भेटमा कोरियाली प्रायद्वीपमा परमाणु हतियार मुक्त गर्ने र त्यसका लागि उत्तर कोरियालीले हतियार प्रयोग र परीक्षण बन्द गर्ने सहमति भएको थियो । यो सहमतिसँगै अमेरिकाले उत्तर कोरियामा लगाउँदै आएको आर्थिक नाकाबन्दी हटाइएको थियो ।

तर, उत्तर कोरियाले सहमति कार्यान्वयन नगरेको आरोप लगाउँदै अमेरिकाले नाकाबन्दी कायमै राखेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित