Nepal Mediciti Hospital Ad

जसिता र प्रदीप ‘लभ स्टेशन’ मा, चैत २२ मा रिलिज

तपाईको खबर संवाददाता प्रकाशित : माघ २१, २०७५ कला खबर, फिल्म-संगीत, मनोरञ्जन
http://tapaikokhabar.com/wp-content/uploads/2019/02/jasita-gurung.jpg

अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ स्टारर फिल्म ‘लभ स्टेशन’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि फिल्म चैत १ मा आउने फाइनल भएता पनि रिलिज डेट घोषणाको २४ घण्टामा नै निर्णय उल्टिएको थियो । यसपछि फिल्म चैत ८ र चैत २९ मा रिलिज हुने चर्चा थियो । अब फिल्म चैत २२ मा आउने कन्फर्म भएको छ ।

‘लिलिबिली’ मा सर्वाधिक रुचाइएको जोडी प्रदीप र जसिताको प्रमुख भूमिका रहेका कारण यो फिल्म दर्शकमाझ प्रतिक्षीत छ । उज्ज्वल घिमिरे फिल्मका निर्देशक हुन् ।

यस फिल्मको एउटा गीत केही दिन अगाडि मात्र भियतनाममा खिचिएको छ । फिल्मको रोमान्टिक गीत ‘घाम जुन नै चाहिँदैन’ को छायांकन भियतनामको विभिन्न सुन्दर स्थानमा गरिएको यसका प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी दिए । गीतमा प्रदीप र जसितालाई फिचर्ड गरिएको छ ।

उक्त गीत अगामी भ्यालेन्टाइनको अबसर पारेर २ फागुनमा रिलिज गरिने भएको छ । गीतको छायांकन सकेर निर्माण टोली शुक्रबार काठमाडौं आएको हो । रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाललगायतको पनि अभिनय रहेको फिल्मलाई आलोक शुक्लाले खिचेका हुन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित