Nepal Mediciti Hospital Ad

नेविसंघले सरकारी गाडी जलाउनु निन्दनीय छ : गगन थापा

तपाईको खबर संवाददाता प्रकाशित : माघ २०, २०७५ Flash News, मुख्य खबर, समाचार
Gagan-Thapa-Tapaikokhabar

नेपाली कांग्रेसका युवा नेता गगन थापाले कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले सरकारी गाडी जलाउनु निन्दनीय भएको बताएका छन् । नेविसंघका पूर्व नेतासमेत रहेका थापाले यस्ता कामलाई दुरुत्साहन गर्न डटेर लाग्ने पनि बताएका छन् ।

सरकारविरुद्ध आन्दोलनरत कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सरकारी गाडीहरुमा आगजनी र तोडफोड गर्दै आएको छ । जनताबाट लिएको करबाट जोडिएका सरकारी सम्पत्तिमा तोडफोड र आगजनी गरिएको भन्दै सामाजिक सन्जालमा पनि नेविसंघको आलोचना भइरहेको छ ।

आइतबार नेता थापाले ट्वीटरमा लेखेका छन्, ‘‘त्यो कार्य गलत मात्र नभएर निन्दनीय छ । यस्तो कामलाई दुरुत्साहन गर्न म डटेर लाग्नेछु ।’

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित