Nepal Mediciti Hospital Ad

‘सम्हालिन्छ कहिले मन’ चलचित्रमा पूजाको पारिश्रमिक १५ लाख

तपाईको खबर संवाददाता प्रकाशित : माघ १४, २०७५ कला खबर, फिल्म-संगीत, मनोरञ्जन

फिल्म ‘प्रेमगीत’ मा अभिनेता प्रदीप खड्कासँग जोडी बाँधिएपछि अभिनेत्री पूजा शर्माले नसोचेको सफलता हात पारिन् । त्यसअघि केही फिल्ममा काम गरे पनि उनी दर्शकमाझ ‘नोटिस’ हुन सकेकी थिइनन् । उक्त फिल्मले उनलाई चिनाएन मात्र नेपाली फिल्म क्षेत्रमा स्थापित पनि गर्‍यो ।

‘प्रेमगीत’ पछि उनले गरेका कुनै फिल्म बक्सअफिसमा असफल छैनन् । ‘म यस्तो गीत गाउँछु’ र यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘रामकहानी’ पनि बक्सअफिसमा खरै उत्रियो । ‘ब्याक टू ब्याक’ हिट फिल्मकी धनी पूजाको अब नयाँ फिल्म ‘सम्हालिन्छ कहिले मन’ गर्दैछिन् । यसमा आकाश श्रेष्ठ र सोनम तोप्देन उनका हिरो छन् ।

निर्देशक सुदर्शन थापाको क्याम्पभन्दा बाहिर रहेर फिल्म गर्ने जोखिम उठाउन नसकेकी पूजाले ‘प्रेमगीत’ पछि पहिलो पहिलो बाहिरी ब्यानरको फिल्म ‘सम्हालिन्छ कहिले मन’ गर्न लागेकी हुन् । यसअघि सुदर्शन र पूजाले मिलेर फिल्म बनाउँदै आएका थिए । तर, उक्त फिल्मको निर्मातामा उनीहरु छैनन् ।

यो फिल्म निर्देशन गर्न सुदर्शनले ३५ लाख बढी पारिश्रमिक बुझेको चर्चा छ । आकाशले १० लाख र सोनमले साढे ८ लाख पारिश्रमिक बुझेका छन् । अभिनेत्री पूजाले भने दुई अभिनेताभन्दा बढी पारिश्रमिक हात पारेकी छन् । उनले १५ लाखमा फिल्म साइन गरेको एग्रिमेन्ट पेपर नै सार्वजनिक गरेकी थिइन् ।

आइतबार उक्त फिल्मको घोषणा सभामा पत्रकारले उनीमाथि पारिश्रमिकको विषयमा प्रश्न गरे ‘अब १५ लाखभन्दा कम पारिश्रमिकमा काम नगर्ने हो वा राम्रो कथा भेटे कममा पनि गर्नुहुन्छ ?’ उनले जवाफमा भनिन्, ‘सीमित बजेट छ तर कथा राम्रो छ भने १५ लाखभन्दा कममा पनि गर्छु । नभए गर्दिनँ ।’

तर, उनको भनाइले हरेकको मनमा एउटा प्रश्न भने जन्मन सक्छ । राम्रो कथा भेटे १५ लाखभन्दा कममा पनि काम गर्न तयार रहेको बताउँदै गर्दा कतै पूजाले १५ लाख पाएको खण्डमा कथा मन नपरे पनि फिल्म गर्छुु भन्न खोजेकी त होइनन् रु उनको जवाफ दोधारपूर्ण छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित