Nepal Mediciti Hospital Ad

भाइरल बन्दै गएको इन्फ्लुएञ्जाको के हो लक्षण ? कसरी बच्न सकिन्छ ? 

तपाईको खबर संवाददाता प्रकाशित : माघ १४, २०७५ शिक्षा-स्वास्थ्य

केहि समय देखी राजधानीमा महामारीको रुप लिन थालेको रोग स्वाइनफ्लू  नभएर एन्फ्लुएञ्जा भएको प्रामाणित भएको छ । केहि महिना देखी काठमाडौंमा इन्फ्लूएन्जा एच वान एन वानको संक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार पुसदेखि हालसम्म करीब डेढ महिनाको अवधिमा इन्फ्लूएन्जाका कारण ५ जनाको मृत्यु भएको हो । उनीहरूको काठमाडौंको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको इन्फ्लूएन्जा सेन्टरमा मंसिरदेखि हालसम्म ६ सय ४ इन्फ्लूएन्जाको आशंकामा र्‍याल परीक्षण गरिएको छ । स्वास्थ्य परीक्षण गरिएका बिरामीमध्ये ३ सय ५ जनामा इन्फ्लूएन्जा देखिएको थियो ।

त्यसमध्ये २ सय ७२ जनामा इन्फ्लूएन्जा एच वान एन वान देखिएको थियो भने १४ जनामा एच  थ्री देखिएको थियो । यस्तै २९ जनामा इन्फ्लूएन्जा बी प्रमाणित भएको महाशाखाले जनाएको छ ।

इन्फ्लुएञ्जाको परिचय र बच्ने उपायहरु 

१. ज्वरो आउने

२. खोकी लाग्ने

३. घाँटी दुख्ने

४. नाकबाट पानी आउने र नाक बन्द हुने

५. हाछ्यु आउने

६. टाउको दुख्ने

७. मांशपेशी वा हाडजोर्नी दुख्ने

साथै बालवालिकामा 

१. वाकवाकी लाग्ने वा बान्ता हुने

२. पेट मडारिने

३. झाडापखाला भएमा इन्फ्युएन्जाको सक्रमण हुनसक्छ ।

इन्फ्लुएञ्जाबाट बच्ने तथा रोकथाम गर्न निम्नानुसार उपायहरु अपनाउन सकिन्छ ।

१. खोक्दा, हाछ्यु गर्दा नाक मुख छोप्न

२. रोगी व्यक्तिको पौष्टिक खाना र झोलीलो खानेकुरा तातो पानी, भातको माड, दाल र गेडागुडीको रस आदी खुवाउने

३. आँखा, नाक तथा मुखमा अनावश्यक रुपमा हात नलैजाने

४. सहि तरिकाले सावुन पानीले हात धुने

५. जथाभावी नथुक्ने वा सिंगान नफाल्ने

६. हात नमिलाउने

७. दुध चुस्ने उमेरका बच्चालाई साविक बमोजिम नियमित स्तनपान गराउने

८. रोगी वा संकास्पद रोगी व्यक्तिबाट सकभर टाढै बस्ने

९.चुरोट रक्सी नखाने

१० चिकित्सक तथा स्वाथ्यकर्मीको सल्लाह विना औषधी नखुवाउने

प्रतिकृया दिनुहोस्

सम्बन्धित