Nepal Mediciti Hospital Ad

मैले हत्या गरेको छु

तपाईको खबर संवाददाता प्रकाशित : माघ १०, २०७५ कला खबर, कविता, गजल
Binu Leutel-tapaikokhabar

हो म हत्यारा हो
किनकी मैले आफ्ना हजारौ सपनाको
हत्या गरेकी छु ।
कहिले अभाव ले हत्या गरेकी छु
कहिले दवावले हत्या गरेकी छु
त्यति मात्र कहाँ हो र
कहिले रोग त अनि
कहिले भोक को कारण हत्या गरेकी छु ।

जे होस मैले मेरा हजार सपनाको हत्या गरेकी
छु ।

कहिले पटक पटक चिरिने मुटु नदुखोस
त्यो अस्पतालको गन्ध लिन नपरोस
जिउँदो लास जस्तै बनेर कसैको सहारा मा
बाच्न नपरोस
अनि
कहिले मेरो भरोसामा रहने को पाइला
नरोकियोस भनेर हत्या गरेको छु ।
जे होस मैले मेरो सपनाको हत्या गरेकी छु ।

कहिले एउँटा कपि दिलाउँन बस
चढ्ने सपना हत्या गरेको छु
कहिले एक छाक टार्न घुम्ने सपना हत्या गरेकी छु
जे होस मैले मेरा हजार
सपनाको हत्या गरेकी छु ।

कहिले कसैको सहारा बन्न हत्या गरेकी छु
कसैको लागी बाच्न हत्या गरेकी छु
कसैको खुशिको लागी हत्या गरेको छु
तर
जे होस मैले मेरै सपनाको हत्या गरेको छु ।

कहिले विश्वास र जिम्मेवारी पुरा गर्न
हत्या गरेकी छु कहिले बग्दै गरेका
आशु पुछ्न हत्या गरेकी छु
कमजोर सम्झ या बलवान तर मैले
मेरा धेरै सपनाको हत्या गरेकी छु ।

बिनु लुइँटेल

प्रतिकृया दिनुहोस्

सम्बन्धित