Nepal Mediciti Hospital Ad

पूजा र सलोनको केमेष्ट्र्रि ‘बद्रिबहादुर’ मा

तपाईको खबर संवाददाता प्रकाशित : माघ १०, २०७५ कला खबर, फिल्म-संगीत, मनोरञ्जन
http://tapaikokhabar.com/wp-content/uploads/2019/01/Salon-basnet.jpg

निर्माता तथा निर्देशक शोभित बस्नेत नयाँ फिल्म निर्माणमा जुटेका छन् । उनले ‘बद्रीबहादुर’ नामक फिल्ममा एक्सन कट गर्ने भएका छन् । करीब एक करोडको लागतमा निर्माण हुने फिल्मको छायांकन यही माघ ११ गतेबाट सुरु हुँदैछ ।

फिल्ममा छुल्ठिम गुरुङ, जयकिसन बस्नेत, धिरेन शाक्य, शोभित बस्नेत, लय संगौला, एलिना रायमाझी, उत्तम केसीलगायतका कलाकारहरुको अभिनय रहनेछ । अभिनेत्री पूजा शर्मा र अभिनेता सलोन बस्नेतले भने विशेष भूमिका निभाउनेछन् । यसअघि यी दुईले कुनै फिल्ममा गेस्ट रोल गरेका थिएनन् ।

फिल्मको प्रस्तुतकर्तामा विजय गोपाल दलि छन् भने मिथुन भोटे कार्यकारी निर्माता हुन् । सञ्चारकर्मी रवि अधिकारीको निर्माण रहने फिल्ममा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिव विकको नृत्य, शंकर महर्जनको द्वन्द निर्देशन रहनेछ ।

‘बद्रीबहादुर’ मा विनोद सापकोटाले छायांकन तथा समिर मिया सम्पादन रहनेछ । लमजुङ, काठमाडौं, धरान र संखुवासभाको विभिन्न ठाउँमा छायांकन हुने फिल्म कमेडी कथामा निर्माण हुन लागेको हो । फिल्म तीजको छेकोमा रिलिज हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित