Nepal Mediciti Hospital Ad

जिम्मेवारी पूरा गर्न मुख्यमन्त्रीको निर्देशन

तपाईको खबर संवाददाता प्रकाशित : माघ ९, २०७५ Flash News, पत्रपत्रिका मुख्य, पत्रपत्रिकाबाट, राजनीति, समाचार
http://tapaikokhabar.com/wp-content/uploads/2019/01/mahendra-bahadur-shahi.jpg

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विभागीय मन्त्रालयका सचिवहरुलाई बजेट, योजना तथा कार्यक्रम कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद थपलियासहित आर्थिक मामिला तथा योजना, आन्तरिक मामिला तथा कानून, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र पूर्वाधार विकास मन्त्रालयका सचिव सम्मिलित आजको बैठकमा मुख्यमन्त्री शाहीले सबै सचिवलाई आ–आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिए ।

“कछुवा गतिमा बढेका योजनाले प्रदेश सरकारको मर्मअनुरुप काम हुन सक्दैनन्,” मुख्यमन्त्री शाहीले भने “यसमा तपाइँहरु सम्बेदनशील भएर काममा खट्नुपर्ने छ । ” अहिले बजेट कार्यान्वयन नै सबैभन्दा ठूलो चुनौती भएको बताउँदै शाहीले परिणाम निकाल्ने गरी काममा तीव्रता दिन आग्रह गरे।

कर्मचारीले प्रदेश सरकारको संस्थागत गर्न सहयोग गरेको प्रशंसा गर्दै मुख्यमन्त्री शाहीले भने,“विभागीय मन्त्रीलाई पनि मङ्गलबार योजना कार्यान्वयनका विषयमा गम्भीर भएर लाग्न आग्रह गर्दछु ।” शाहीले सबै मन्त्रीलाई प्रतिफल देखिने गरी बजेट कार्यान्वयनमा जोड दिन र कर्मचारीको सक्रिय परिचालनमा ध्यान दिन आग्रह गरेको जनाए।

शाहीले कार्यान्वयन गर्न नसकिने, संशोधन गर्नुपर्ने र नीतिगत समस्या समाधान गर्नुपर्ने योजनाको कारणसहित तीन दिनभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विवरण पेश गर्न पनि सबै सचिवलाई निर्देशन दिए ।

रासस

प्रतिकृया दिनुहोस्

सम्बन्धित