Nepal Mediciti Hospital Ad

लैङ्गिक समानता र समता

तपाईको खबर संवाददाता प्रकाशित : माघ ९, २०७५ विचार

महिला हिंसा के गाउँ के शहर सबै ठाउँमा व्याप्त छ । महिलाले कतै दाइजोका कारण जिउँदै जल्नु परेको छ त कतै बोक्सीको आरोपमा शारीरिक र मानसिक यातना भोग्नु परेको छ । छाउपडीजस्तो कुप्रथा समाजमा आज पनि कायमै छ ।
महिला सशक्तीकरणका लागि अनेकौँ अभियान चलाइए तर दुर्भाग्य महिलाको सामाजिक सम्मान, भूमिका आदिमा खासै सुधार आएन । हाम्रो समाज पितृसत्तात्मक चिन्तनले ग्रसित भएकै कारण महिलाले समानता अनुभूति गर्न पाइरहेका छैनन् । पुरुषमा विद्यमान यसै चिन्तनका कारणले महिला उत्पीडनमा छन् भने कुरामा दुई मत छैन । यसमा अन्तर्विरोध पनि छ, आफूभन्दा निमुखा महिलालाई महिलाले नै दुःख दिने, भेटाएसम्म शारीरिक तथा मानसिक पीडा दिन नचुक्नेजस्ता चिन्तनबाट महिला पनि अछूतो छैनन् । यस विषयमा खासै चर्चा गरिदैन र पुरुषतिर मात्र औँला ठड्याउने प्रवृत्ति छ ।
लैङ्गिक समानता भन्नासाथ यसलाई महिला पक्षीय दृष्टिकोणबाट मात्र बुझ्ने परिपाटी छ । यो दुवै लिङ्गको समान हैसियतको वकालत गर्ने पद्धति हो । लैङ्गिक हिंसाविरुद्धको अभियानले महिलाको मात्र पक्षपोषण गर्दैन समाज वा राष्ट्रमा महिला या पुरुष जो बढी शोषित, पीडित छन्, उनीहरूको उत्थानमा यसको सरोकार हुन्छ । त्यसैले महिलालाई निरन्तर अघि बढाउँदै लगेर पुरुषलाई पछाडि धकेल्ने होइन । सम्मानपूर्वक बाँच्न पाउनु सबैको हक हो, चाहे त्यो पुरुष होस् या महिला । संविधानको धारा १६ ले पनि सबैलाई सम्मानपूर्वक बाँच्न पाउने हक प्रदान गरेको छ । यही प्रसङ्गमा महिलाबाट नै महिलामाथि हुनगएका केही असजिला घटना यहाँ मननीय हुन्छन् ।
करिब चार दशक पहिला निम्न माध्यमिक तहमा सँगै पढेकी मेरी एकजना साथीसँग फेसबुकको माध्यमबाट भेट भयो । सरकारी जागिर र कार्यालयको वातावरणदेखि दिक्क भएर अचेल स्वैच्छिक अवकास लिएर घरमै बसेकी रहिछन् । उनको जागिरे अनुभवको बारेमा केही लेखिदिन गरेको आग्रहलाई उनकै भाषामा यहाँ उतार्ने प्रयास गरेकी छु ।
केही दिदीबहिनीका कारणले कैयौँ घर परिवारले तनाव भोग्न परेको मात्र नभएर कत्तिको घरबार नै तहसनहस भएको देखिएको छ । अचेल यो महँगीको जमानामा श्रीमान् श्रीमती दुवैले काम नगरी घर व्यवहार धान्न सहज नहुने र आफँै्रमा आत्मनिर्भर हुन पर्छ भन्ने चेतना आदिका कारण महिला पनि जागिरे हुनेको सङ्ख्या हाम्रो समाजमा पनि दिनानुदिन बढ्दो क्रममा छ । गाउँघरमा एउटा उखान छ, “लोग्ने मानिसले चाहने हो भने बाह्र वर्षमा पनि महिलालाई फकाउन सक्दैन तर महिलाले चाहने हो भने लोग्ने मानिसलाई फकाउन बाह्र मिनेट पनि लाग्दैन”
करिब १५÷१६ वर्ष पहिलाको कुरा हो मेरो कार्यालयमा काम गर्ने एक जना पुरुष साथीको श्रीमती उनले व्यक्तिगत रूपमा चिनेको मेरै कार्यालयकी एक महिला कर्मचारीको कोठामा आएर रुन थालिन् । सोे कुरा कार्यालयमा पैmलिन समय लागेन । सबैले कानेखुसी गर्न थाले । कुरो के रहेछ भनी बुझ्दै जाँदा रुने महिलाको श्रीमान् र मेरै कार्यालयमा काम गर्ने अर्की महिला, जो ती पुरुषभन्दा ८-१० वर्षले जेठी थिइन्, का बीच अनैतिक सम्बन्ध रहेछ । यो सम्बन्ध कसरी छुटाउने भनेर सल्लाह माग्न आएकी रहिछन् उनी ।
उनीहरूको यस सम्बन्धको कुरा घर, परिवारमा एक कान दुईकान हँुदै माइतमा उनको आमाको कानमा परेछ । उच्च रक्तचाप र मधुमेहकी रोगी आमाको यो कुरा सुन्न नसकी तत्काल मृत्यु भएछ । उता घरमा जेठो छोराको एसएलसी परीक्षा आएको थियो । उनले बुुबालाई केही भन्न पनि नसक्ने र न पढ्नमा मन लगाउनसक्ने भई यसै टोलाएर बसिरहने गर्ने रहेछन् ।
सानो छोरा जो कक्षा सात कक्षामा पढ्थ्यो, उसको बेहाल स्वाभाविक नै थियो । अर्कोतर्फ उनको श्रीमान्सँग सम्बन्ध राख्ने महिला पनि विवाहित थिइन् र उनका पनि कलेज पढ्ने छोरा र छोरी थिए । छाला गोरो भएर के भयो मन कालो भएपछि, रूप राम्रो भएर के भयो नियत खोटो भएपछि, धन जति नै भएर के भो अर्काको मन रुवाएपछि, घर सुन्दर भएर के भयो शान्ति नभएपछि, बोली मिठो भएर के भयो नियत नराम्रो भएपछि ।
विवाह जीवन जीउने आधार हो, दुःख सुखमा साथ दिने एउटा जीवनसाथी पाउने एक स्वर्णिम अवसर पनि हो । नैतिकवान महिलाले सबै कुरा सहन सक्छन् । किनकी महिलामा पुरुषभन्दा बढी सहन सक्ने क्षमता हुन्छ । पेटभरि खान नपाउँदा पनि सहन सक्छन्, परिस्थितिले नभ्याउँदा टालेको लुगा लगाउएर लाज छोप्न सक्छन्, पैसा छैन भने औषधि उपचार गर्न नपाउदा मर्न पनि तयार हुन्छन् तर श्रीमान्ले अरूसँग उठबस गरेको सहन धेरै कठिन हुन्छ । मन बलियो भएका महिला पनि त्यति बेला कमजोर हुन्छन्, जतिबेला श्रीमान्ले उसलाई बुझ्दैन, उसको त्याग र तपस्यालाई सम्मान गर्दैन, उसको मायालाई कमजोरी ठान्दछ, उसको विश्वासलाई तोड्छ ।
असल पत्नी र इमानदार पति हुँदैन भने त्यहाँ धन, सम्पत्ति र सम्मानको कुनै महत्व हँुदैन । कुनै पनि घर तबसम्म सुन्दर हुनसक्दैन जबसम्म त्यो घरमा नारी खुशी हुँदैनन् किनकी घरको सौन्दर्य भित्ताको रङमा होइन बिहे गरेर ल्याएकी नारीको मुस्कानमा हुन्छ । विवेकानन्दले भन्नुभएको छ, मानिसको महानता उसको कपडाले होइन चरित्रले निर्धारण गर्छ । सनातन धर्मले परोपकारभन्दा अर्को कुनै ठूलो धर्म छैन भनेको छ । परोपकार भनेको दान र सेवा मात्र होइन । आफ्नो व्यवहारले अरूलाई दुःख नदिनु नै धर्म हो । मानिस अनुहारले होइन व्यवहारले चिनिन्छ, मान्छे सुन्दरताले होइन इमानदारीले चिनिन्छ, मान्छे तागतले होइन सहनशीलताले चिनिन्छ, मान्छे सुनले होइन गुनले चिनिन्छ । अझ मानिसको सौन्दर्य त उनको चरित्रले देखाउँछ ।
महिलाले आफ्नो मर्यादा, आचरण र शीलतासँग सम्झौता गर्नाले उत्पन्न विकृतिले सामाजिक वातावरण नै दुषित बनाएको छ, यसमा पुरुषको उत्प्रेरक भूमिका नकार्न सकिँदैन । अर्कोतिर कार्यक्षेत्रमा महिलालाई योग्यता र कार्यक्षमताका आधारमा भन्दा पनि आफ्नो निकट हेर्न खोज्ने पुरुषको चाहनाअनुरूप बन्न नचाहने महिलाको कार्य सम्पादन प्रक्रियालाई असहज बनाएर असक्षम साबित गराउने, वृत्ति विकासमा बाधा पु¥याउने जस्ता घृणित कार्यसमेत कार्यालयमा हुने गर्छन् । यस प्रकारको मानसिक प्रताडनाविरुद्ध कानुनी उपचारका लागि प्रमाण हँदैन । त्यसैले यो झनै घातक हुने गर्दछ । तसर्थ यस्ता सामाजिक विकृतिबाट समाजलाई बचाउने जिम्मेवारी महिला र पुरुष दुवैको हुन्छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित