Nepal Mediciti Hospital Ad

कहाँ-कहाँ पाइन्छ नेपाल लोक स्टारको आवेदन फारम ?

तपाईको खबर संवाददाता प्रकाशित : माघ ३, २०७५ Big News, Flash News, बिशेष इभेन्ट, मुख्य खबर, समाचार
www.NepalLokStar.com

नेपाली लोक गीत संगीतको सम्वद्र्धन, प्रर्वद्धन, विकास तथा विश्वव्यापी प्रचारको लागि आयोजना हुन लागेको नेपाल लोक स्टारको फारम देशको ७७ वटै जिल्लामा पुगेको छ ।

पहिलो चरणको प्रि–अडिसनको लागि आवेदन फारम सबै जिल्लामा पुगेको आयोजक टिमका संयोजक सहदेव कोइरालाले जानकारी दिएका छन् । देशको विभिन्न क्षेत्रमा छरिएर रहेका प्रतिभाको खोजी गर्नको सहज होस् भन्ने हेतुले सबै जिल्लामा फारम वितरण गरीएको आयोजक टिमले जानकारी दिएको छ ।

नेपाली लोक गीत संगीतको क्षेत्रमा हालसम्मकै सर्वाधिक धनराशीको पुरस्कारसहित आयोजना हुन लागेको नेपाल लोक स्टारको फारम देशभरबाट संकलन भइ रहेको आयोजक चाहाना मिडियाले जानकारी दिएका छन् ।

पहिलो चरणको अडिसन सातै प्रदेशमा हुनेछ जसको लागि फाल्गुन १६ गते धनगढीबाट अडिसन भई कार्यक्रम सुरु हुनेछ । फागुन २२ गते सुर्खेत, चैत ४ गते वुटवल, चैत १० गते विराटनगर, चैत १६ गते जनकपुर र चैत २२ गते काठमाडौंमा अडिसन हुनेछ ।

अडिसनबाट ३२०–४०० जना प्रतिस्पर्धीलाई काठमाडौं बोलाइने छ । अडिसनका लागि दुई जना म्युजिक टिचर १ जना स्थानीय लोक कला संस्कृतिसँग सम्बन्धीत व्यक्तिले जनाले प्रि–अडिसनाट आएकारुको मूल्यांकन गरेर अडिसनका लागि छनोट गर्नेछन् ।

हरेक प्रदेशको अडिसनबाट छानिएका प्रतिस्पिर्धीहरुहरुलाई काठमाडौंमा हुने मेगा अडिसनमा सहभागी गराइनेछ । ७०–११० जना प्रतिस्पर्धीलाई छनोट गरिने छ । मेगा अडिसन काठमाडौंमा वैशाख ११ गतेबाट सुरु हुनेछ । मेगा अडिसनमा नेपाल लोक स्टारका आधिकारीक चार जना निर्णायकसँगै थप एक जना पनि बस्ने छन् ।

वैशाखको तेस्रो साताबाट ‘नेपाल लोक स्टार’ टेलिभिजनबाट प्रशारण सुरु हुनेछ भने यस कार्यक्रम ३० वटा श्रृंखला प्रशारण हुने भने ३१ औँ श्रृंखला कार्यक्रम एपीवान एचडी टेलिभिजनबाट प्रशारण हुनेछ ।

चाहाना मिडियाले आयोजना गर्न लागेको सिङगिङ रियालिटी शो नेपाल लोक स्टारका विजेताले करसहित नगद रु ५० लाख रुपैयाँ पाउने छन् । आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख (करसहित) र तेस्रो हुनेलाई १० लाख रुपैयाँ (करसहित) पुरस्कार प्रदान गरिने छ ।

शोको निर्णायकमा लोकगायक तथा कलाकार जयनन्द लामा, संगीतकार, गायक तथा संगीत संयोजक बिबि अनुरागी, गायक रामजी खाँड र गायिका सुनिता दुलाल रहेका छन् ।

प्रतिस्पर्धी छनोटको अधिकार उत्कृष्ठ ५० सम्म निर्णायकको हात रहनेछ भने ५० देखि ३० सम्म ८० प्रतिशत निर्णायकमा र २० प्रतिशत दर्शकको भोटमा रहनेछ । ३० बाट २० सम्म ६० प्रतिशत निर्णायक र ४० प्रतिशत भोटिङमा अधिकार रहने छ ।

२० बाट १० सम्म ५०र५० प्रतिशत निर्णायक र दर्शकको भोटिङमा अधिकार रहनेछ भने १० बाट फाइनलसम्म सम्पूर्ण अधिकार दर्शकको भोटमा रहने छ ।

कार्यक्रमको अफिसिल होस्ट सुवेक्षा खड्का र अशोक धिताल रहने छन् ।

कहाँ कहाँ पाइन्छ नेपाल लोक स्टारको आवेदन फारम ?

प्रतिकृया दिनुहोस्

सम्बन्धित