Nepal Mediciti Hospital Ad

युभेन्टसको हातमा सुपरकोपा इटालियनाको उपाधि

तपाईको खबर संवाददाता प्रकाशित : माघ ३, २०७५ Flash News, खेलकुद, समाचार

क्रीष्टियानो रोनाल्डोले हेडिङ्ग गोल बुधबार राती युभेन्ट्सलाई कीर्तिमानी आठौं पटक सुपरकोपा इटालियनाको उपाधि जिताउन पर्याप्त भयो । साउदी अरबको जेद्धाह रंगशालामा भएको फाइनलमा युभेन्टसले एसी मिलानलाई १–० ले पराजित गर्दै उपाधि हात पारेको हो

६१औं मिनेटमा रोनाल्डोले मिरालिम पिजानिकले दिएको पासलाई हेडमार्फत् गोल गर्दै युभेन्टसलाई अग्रता दिएका थिए । रोनाल्डोको त्यही गोल युभेन्टसलाई जिताउन निर्णायक बन्यो । इटालियन सिरि ए विजेता युभेन्टसका लागि रोनाल्डोको यो १६औं गोल हो ।

यससँगै रोनाल्डोले युभेन्ट्सबाट पहिलो उपाधि जितेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित