आज : २०७६ कात्तिक १३ गते

Nepal Mediciti Hospital Ad

‘माइतिघर’

तपाईको खबर संवाददाता प्रकाशित : माघ २, २०७५ कविता, साहित्य, सिर्जना

आगँनको कुनातिर मगमग पारिजातको बास्ना
गाईगोठ र बाख्रा को टाट्नुको बास्ना
हिउदमा गुन्द्रि मा गुन्द्रुकको बास्ना
बर्खामा जुठ्यानमा फुलेका फर्सीको बास्ना
अगेनुमा पोलेको मकैको बास्ना
चोटों मा भित्ताको रातों माटोको बास्ना
बिस्तारामा बुबाको पसिनाको बास्ना
आहा कति सुगन्धित मेरो माइतिघर
अनि कल्पनामा त्यो भयानक पराइघर
पुर्ब पट्टिको झ्यालले घामको किरण पसाएर जिउमा हलचल गराएर आमैले ए चिया पाक्यो उठे भनेपछि उठ्ने म त्यो पराइघरमा अबेर उठ्न पाउने कि नपाउने?
आमैको जिस्क्याइ र बाबैको गिज्याइमा खित्का छोडेर हास्ने म त्यो पराइघरमा दुई ओठ मिलाउदै मुस्कान छोड्नुपर्ने होला
मेरो हिडाइको चाल नापिन्छहोला
मेरो स्वरको लय नापिन्छहोला
मेरो हाउभाउ नापिन्छहोला
सायद मेरो कुनै काम प्रतिको कमजोरीलाइ ढंगको नाम दिइन्छ होला
अनि नजानेरै काम बिगार्दा सस्काँरलाइ गालि दिइन्छहोला
हो त्यहि भएर त्यो घरलाइ पराइघर भनेको हो
जहाँ स्वतन्त्रतालाइ डोरीले बाधेर आफ्नो पायकको दिशातिर घिच्याउदै घुस्सा खुवाइन्छ
हरियों घासँ चर्न चउर जान दिइदैन त्यो घर पराइघर नै त हो
बिहेको दिन नै अपरिचित अनुहार भएका मनुष्यको पाऊँ ढोग्न लगाइन्छ त्यो घर पराइघर त हो नि
संस्कार र परम्पराको नाममा के के गराउने त्यो घर पराइघर त हो नि
कति भयानक कल्पना छ
डरलाग्दो पराइघर
अनि स्वर्ग झै माइतिघर ।।।।।

मनिषा पौडेल

प्रतिकृया दिनुहोस्

सम्बन्धित