Nepal Mediciti Hospital Ad

‘आमा’

तपाईको खबर संवाददाता प्रकाशित : पुस ३०, २०७५ Big News, कविता, साहित्य, सिर्जना

घुम्रिएका सेता केशका लहरहरु
यत्रतत्र सर्बत्र छरिएका छन्
सायद सगट्ने फ़ुर्सत नभएर होला
या साथ नभएर होला सगटिदिने सुकोमल हातहरु
बदामि आकार रहिरहे पनि रगं उडिसकेको फुसरा ओठहरु लिएर मात्र कृत्रिम हासो छर्कीएर
रसिला कोषहरु मरिसकेका धमिला आखाहरु मिच्दै
युरोप भासिएको सुपुत्रको पर्खाइमाछिन् आमा।।।

उनका आखाहरु रसाउछन् र मनमा आँधिहुरीले
घरजम बसाउछन्, सम्झिन्छिन् त्यो दिनहरु।।।
जुनदिन आकास गड्कीएर मुसलधारे पानी परेको थियो।।।।
सुपुत्रको टाउकोमा खरको छाना छिचोलेर परेको बछिटाहरु।।।
हो त्यहि सहन नसकेर माईतको पेवा तिल्हरि बेचेर
टिनको छानो छाएको।।।
भन्दै बिगत पल्टाउछिन् आमा।।।।।
समय निस्ठुरी कि आफ्नो कोख निस्ठुरी
तिमी निस्ठुरी कि म निस्ठुरी भन्दै भगबानलाई
घचघचाउन चाहन्छिन्।।।। आमा

मगमगाउने अत्तर छर्कीएर सफेद तन्दा ओछ्याएर दाहिने हातले स्वास्नी र देब्र्े हातले नाबालक छोरा च्यापेर सुतेको छोरों सम्झेर बृदाआस्रमको आफ्नो कुनातिर रहेको ओछ्यानको भित्तापटिको काचो
ईटाको गन्ध सुग्धै ब्यगंको हासो हास्छिन आमा।।।
अनि मनमनै भन्छिन बाबु छोरो त तेरो पनि छ।।।

उनलाइ एक झापड लगाएर भन्न मन छ त्यो सुपुत्र नाम दिएको कुपत्रलाई।।।।
नपठा यो बिलासिताको सामानहरु।।
तेरो पैसाको तागत छ भने त्यो मेरो जवानी किनेर पठा जुन मैले तलाई तिघ्रे बनाउन खर्च गरेको छु।।।।
त्यो निन्द्रा कीनेर पठा जुन मैले त बिरामि भएको बेला तलाई पिठ्युमा बोकेर रात कटाउदा गुमाएको छु।।।।।
त्यो स्वाद मिसीएको परिकार पठा जुन तैले मेरो स्तन पान गर्दा पाएको थिइस्
अनि त्यो भोक पठा जुनबेला मैले मेरो गास काटेर तेरो पेट भरेको थिए।।।।।
सक्छस् पठाउन
त्यसैले केहि नपठा मात्र त फर्कि सुपुत्र।।।।
खाली अगांलो लिएर।।।।।
-मनिषा पौडेल

प्रतिकृया दिनुहोस्

सम्बन्धित