आज : २०७६ कात्तिक ७ गते

Nepal Mediciti Hospital Ad

‘मेरो भगवान मुस्कुराउनेछन्’

तपाईको खबर संवाददाता प्रकाशित : पुस ३०, २०७५ कविता, साहित्य, सिर्जना

हुरीको हिर्काईले
झरीको बज्रपातले
घर अगाडीको ठुलो सालको रूख ढलायो
तर
आशुले ति आखा जति भिजाए पनि
वर्खाको झरीले त्यो पाखुरामा जति बजारे पनि
कति अडिक छ उनको शरिर
कति ओभानो छ उनको आँखा
उमेर उनका लागी केवल अङ्क हुन्
मलाई जिन्दगीको सयौ कोष दुरी छिटो छिटो दौडाउन
लक्ष्यलाई छिटो छिटो भेट्टाउन
उनि सयौ कोष बिस्तारै हिड्छन्
थकान पनि थकाईसङ्ग हार्दो हो सायद
उनि हिड्ने गल्लिहरू पनि फुटेका पाइतालालाई कठै भन्दा हुन्
कैयौ रातहरू उनको अनिदो देखेर दुखी हुदो हो।।

लुकाउन कति सिपालु छन् उनि
आखामा आँशु
पकेटको रित्तो पर्स
तातेको निदार
थाकेको शरिर
आफ्नो बुढेश्काल
संसार भगवान खोज्दै मन्दिर धाउछ
ढुङ्गा पुज्छ
मलाई त मेरै उनि भगवान लाग्छ
जो सधै झुटो बोल्छन्
भगवान कहिले झुट्टा हुदैनन् रे
माफ गर ए ढुङ्गाका देउता
मेरो भगवान झुटो बोल्छन्
भोकाएको पेटलाई अगाएको भन्छन्
विसन्चो शरिरलाई फुर्तिलो भन्छन्
कैयौ अनिधा रातहरूलाई
मज्जाको निद्रा भन्छन्
मेरो सपनालाई आफ्नो सपना भन्छन्।।
मेरो खुसीलाई आफ्नो खुसी भन्छन्।।

म लड्दा उनलाई दुख्छ
म हार्दा उनि हार्छन्
म जित्दा उनि जित्छन्
तर उनि हारेर मलाई जिताउछन्
उनि लडेर मलाई उठाउछन्
म कहिलेकाही रिसाउछु
नानाथरी शव्दहरू वर्साउछु
उनि ढुङ्गा जसैगरी सहिदिन्छन्
म उनको आँखामा नियाल्छु
मेरै लागी माया देख्छु
मेरै सपना देख्छु
खै किन उनको मन किन दुख्दैन
उनको आँखा किन चिसो हुदैन
साच्चै भगवान कहिले रिसाउदैनन्
भगवान कहिले रूदैनन्
मैले पुज्ने भगवान पनि यस्तै छन्
मेरा भगवान ढुङ्गामा छैनन्
मेरो भगवान मन्दिरमा छैनन्
म एकदिन ढुङ्गामा फुल वर्षाए जस्तै
पुर्नेछु मेरो सफलताको मालाले
ढुङ्गाको भगवानमा प्रसाद चढाए जस्तै
चढाउनेछु मेरा खुसीहरू
उनका साकार भएका सपनाहरू
त्यो दिन मेरो भगवान मुस्कुराउनेछन्
अनि म रूनेछु
रूदै रूनेछु
हास्दै रूनेछु।।

-जेनिथ अशोक

प्रतिकृया दिनुहोस्

सम्बन्धित