Nepal Mediciti Hospital Ad

चरन क्षेत्रबाट फर्किएका दर्जन बाख्रा गोठमै मरे

तपाईको खबर संवाददाता प्रकाशित : पुस २७, २०७५ समाचार
http://tapaikokhabar.com/wp-content/uploads/2019/01/death-goat.jpg

म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका–३ घुमाउनेतालमा विषालु घाँस खाएर स्थानीयवासी अनिल शाहीका १२ बाख्रा मरेका छन् ।

चरन क्षेत्रबाट गोठमा फर्किएका बाख्रा बिहीबार गोठमै मरेको अवस्थामा भेटिएका थिए । व्यावसायिक बाख्रापालन गरिरहेका स्थानीय कृषक शाहीका अनुसार चरन क्षेत्रबाट ल्याएपछि घाँस नखाने, झोक्रिनेजस्ता लक्षण देखिएको थियो । गोठभित्र धमाधम बाख्रा मर्न थालेपछि कृषक शाहीले भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र म्याग्दीलाई जानकारी गराएका थिए । केन्द्रका प्रमुख चिकित्सक जीवन आचार्यको नेतृत्वमा गएको टोलीले विषालु घाँस खाएर बाख्रा मरेका जनाएको छ । बाख्रा मरेपछि करीब रु तीन लाखको क्षति भएको कृषक शाहीले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित