Nepal Mediciti Hospital Ad

एसिया कपमा भारतलाई हरायो युएईले

तपाईको खबर संवाददाता प्रकाशित : पुस २७, २०७५ खेलकुद, समाचार
http://tapaikokhabar.com/wp-content/uploads/2019/01/UAE.jpg

एएफसी एसिया कप फुटबलमा समूह ‘ए’ मा रहेको भारत युनाइटेड अरब इमिरेट्ससँग पराजित भएको छ । अबुधाबी स्थित जायद स्पोर्टस् रंगशालामा भएको खेलमा भारत युएईसँग २—० गोल अन्तरले पराजित भएको हो ।
युएईका काल्फा मुबारर्काले खेलको ४४ औं मिनेटमा गोल गर्दै भारतविरुद्ध अग्रता बनाएका थिए । पहिलो हाफमा १—० गोल अन्तरले पछि परेको भारतको पुनरागमन नहुँदा खेलको ८८ औं मिनेटमा युएईका अलि अहमदले गोल गर्दै टिमका लागि अग्रता दोब्बर बनाएका थिए ।
८८ औं मिनेटमा अलिले गरेको गोल युएईको जितका लागि निर्णायक बन्यो । अन्तराष्ट्रिय गोल गर्ने खेलाडीको शीर्ष दोस्रो स्थानमा रहेका सुनिल क्षेत्रीले गोल गर्न नसक्दिा भारतले समूह चरणको दोस्रो खेलमा पराजय बेहोरेको हो ।
यसअघि एसिया कपको पहिलो खेलमा भारतले थाइल्यान्डलाई ४—१ गोल अन्तरले पराजित गरेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित