Nepal Mediciti Hospital Ad

माघेसक्रान्तिको दिन गोरु जुधाई प्रतियोगिता

तपाईको खबर संवाददाता प्रकाशित : पुस २७, २०७५ Flash News, समाचार

धादिङसँग सीमा जोडिएको नुवाकोटको तारुकामा विगतका वर्षहरुमा झैं यस वर्षपनि माघेसक्रान्ति को दिन गोरु जुधाई प्रतियोगिता हुने भएको छ ।

यसवर्ष जुधाउनको लागि ४६ वटा गोरु दर्ता गरिएको माघेसक्रान्ति गोरु जुधाई संरक्षण संस्थाका सचिव केशव प्रसाद रिमालले जानकारी दिए ।

मंगलबार, बुधबार र बिहीबार गरी तीन दिन लगाएर ४६ वटा गोरु ९२३ हल० दर्ता गराइएको भन्दै ती गोरुको मूल्यांकनको लागि मदन श्रेष्ठको संयोजकत्वमा उपसमिति गठन गरिएको रिमालले जानकारी दिए ।

‘४६ वटा गोरुमध्ये केही निका ठूला र बलिया छन् भने केही भर्खरका कलिला पनि रहेका छन् । जुधाउँदा उस्तै स्तरका गोरु चयनका लागि उपसमिति बनाइएको छ । सो उपसमितिले गोरुको उचित मूल्यांकन गरी जोडी बनाउने काम गर्छ’, रिमालले भने ।

रिमालका अनुसार जुधाईका क्रममा विजयी हुने गोरुधनीलाई पुस्कार र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

तारकेश्वर गाउँपालिका–३ ९साविकको तारुका–५० स्थित चन्दनीमा गोरु जुधाउन मैदान बनाइएको छ । जहाँ गोरु जुधाई प्रतियोगिता हेर्न १० हजारको हाराहारीमा दर्शक आउने आयोजक माघेसक्रान्ति गोरु जुधाई संरक्षण संस्थाले जनाएको छ ।

यसैबीच नुवाकोटकै वेत्रावतीमा पनि विगतका वर्षहरुमा झैं यस वर्षपनि गोरु जुधाइँदैछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित