Nepal Mediciti Hospital Ad

प्रदीपकुमार ज्ञवाली दिल्लीमा, सुष्मा स्वराजसँग भेटवार्ता

तपाईको खबर संवाददाता प्रकाशित : पुस २६, २०७५ Flash News, मुख्य खबर, समाचार
sushma swaraj tapaiko khabar

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका भारतीय समकक्षी सुष्मा स्वराजबीच बिहीबार नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भारतीय विदेश मन्त्रालयमा भएको भेटमा उनीहरुबीच नेपाल भारतको सम्बन्धको विभिन्न विषयमा छलफल हुनुका साथै द्वीपक्षीय सहयोगमा सञ्चालित परियोजनाको प्रगतिको समीक्षा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनीहरुले हालै भएका उच्च स्तरीय भ्रमणको स्मरण गर्दै ती भ्रमणले वर्षौदेखिको समानता, आपसी समझदारी, एक अर्काको सम्मान र द्वीपक्षीय हितका आधारमा सञ्चालित सम्बन्ध सुदृढ बनाउन योगदान पुगेको बताएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित