Nepal Mediciti Hospital Ad

अटो रिक्सा दुर्घटना एकको मृत्यु

तपाईको खबर संवाददाता प्रकाशित : पुस २६, २०७५ Flash News, समाचार
woman-death-tapaikoikhabar

चितवनमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने, दुई घाइते भएका छन् । नारायणगढबाट गोन्द्राङतर्फ जाँदै गरेको ना २ ह १७५६ नम्बरको अटो भरतपुर महानगरपालिका–१२ वसन्तचोकमा बुधबार साँझ दुर्घटना भएको हो ।

दुर्घटनामा परी गोरखा ताङग्राङ गाउँपालिका–४ बस्ने ३३ वर्षीय होममाया थापाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । अटोमा सवार उनका श्रीमान् ३५ वर्षीय सन्तोष लामिछाने र छोरा पाँच वर्षीय सुशान्त घाइते भएका छन् ।

गम्भीर घाइते भएका सुशान्तको थप उपचारका लागि ग्राण्डी अस्पताल काठमाडौं ल्याइएको छ । अटो र अटो चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित