Nepal Mediciti Hospital Ad

डा. केसीको १६औं अनसन सुरु

तपाईको खबर संवाददाता प्रकाशित : पुस २६, २०७५ Flash News, मुख्य खबर, समाचार
Dr.-Govinda-KCtapaikokhabar-jpeg

डा. गोविन्द केसीले बुधबार अपरान्हबाट आफ्नो १६ औँ अनसन इलाममा सुरु गरेका छन् ।

सरकारसँग गत साउन १० गते भएको सहमती विपरित चिकित्सा शिक्षा विधेयक संसदीय समितिले दुई तिहाईको साथ पारित गरेपछि डा. केसीले आफ्नो आन्दोलन सुरु गरेका हुन् ।

विधेयक बुधबार संसदीय समितिले पारित गरेपछि डा केसीले ६ बुँदे मागसहित अर्को चरणको सत्याग्रह इलामबाट शुरु गरेका हुन् ।

डा केसीले पत्रकार सम्मेलन गरी बुधबार साँझ ५ बजेदेखि इलामको फुलगाछीस्थित पुरानो सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय रहेको भवनमा ६ बुँदे मागसहित सत्याग्रहमा बसेको जानकारी गराए ।

डा केसीका ६ बुँदे मागमा गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलगायतका व्यक्तिलाई बर्खास्त गर्नुपर्ने, त्रिभुवन विश्वविद्यालयका पदाधिकारीद्वारा चिकित्सा अध्ययन संस्थानका खोसिएका अधिकार संस्थानमै फिर्ता गर्नुपर्ने, कृषि तथा वन विश्वविद्यालयमा सम्बन्धन रोक्न मन्त्रिपरिद्षको निर्णयबमोजिम चोर बाटोबाट दिन लागिएको सम्बन्धन रोक्नुपर्ने लगायतका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित