Nepal Mediciti Hospital Ad

‘सालको पात टपरी’को दर्शक ३ करोड नाघ्यो

तपाईको खबर संवाददाता प्रकाशित : पुस २५, २०७५ Big News, कला खबर, भिडियो, साताका कलाकार
salkopatatapari-Tapaikokhabar

नेपाली गीत संगीतको क्षेत्रमा केहि पुस्ताले हेपिएको भनेर चिनिने लोक गीत क्षेत्रमा सालको पात टपरीले ३ करोड दर्शक कमाएको छ ।

नवराज पन्तको शब्द संकलनमा बसन्त थापाको ‘सालको पात टपरी’ भन्ने गीतले यति बेला युट्युवमा लोक गीत क्षेत्रको सर्वाधिक दर्शक कमाएको हो ।

बसन्त थापाको आधिकारीक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको केहि समयसम्म खासै युट्युवमा नहेरिएको गीतको सूचीमा रहेको भए पनि पछिल्लो समय भने सो गीतमा दैनिक जसो १ देखि २ लाखको हाराहारीमा दर्शकहरु बढ्दै गएका छन् ।

माया पिरतीका कुरामा आधारित यस गीतमा मायामा हुने शंकालाई सम्बन्ध भन्दा टाढै राख्न सुझाव दिइएको छ । हल्लाको पछि लागेर तोडिने सम्बन्धहरुको लागि समेत यस गीतले शंकाको भावलाई हटाउनको लागि सुझाव दिएको छ ।

कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वरमा रहेको यस गीतको शब्द भने नवराज पन्तको रहेको छ । बशन्त थापाको म्युजिक रहेको यस गीतलाई राग म्युजिक स्टुडियोले सार्वजनिक गरेको हो । बशन्त थापाको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको यस गीतको भिडियो निर्देशन शिव विकले गरेका हुन् । निशान घिमिरेले सम्पादन गरेको यस गीतमा मरिस्का पोखरेल, कुलेन्द्र विक र बशन्त थापाको अभिनय देख्न सकिन्छ ।

नेपाली लोक गीत संगीत एक समय लोप हुने अवस्थामा पुगी सकेको भए पनि पछिल्लो समय सार्वजनिक भएको गीतहरुले भने फेरी एक पटक लोक गीत संगीतलाई नयाँ पालुवा थप्न थालेका छन् ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित