Nepal Mediciti Hospital Ad

विदेशबाट आउँदा कुन-कुन कुरामा भन्सार लाग्दैन ?

तपाईको खबर संवाददाता प्रकाशित : पुस २५, २०७५ प्रवास, समाचार

 बैदेशिक रोजगारीमा गएका नेपालीहरुले आफु स्वेदश फिर्ता हुँदा ल्याउने समानमा लाग्ने भन्सार शुल्कमा केहि परिवर्तन भएकोछ  ।

तुलनात्मक रुपमा विदेशबाट ठूलो परिमाणमा रक्सी ल्याउने क्रमलाई निरुत्साहित गर्न भन्सार जाँचमा कडाइ गरिएको विमानस्थल भन्सार प्रमुख चुँडाराज सापकोटाले बताए ।

विदेशबाट महंगा र ब्राण्डेड रक्सी ल्याउने प्रचलन छ । तर, धेरै परिमाणमा रक्सी बोक्नुभयो भने समस्या हुनेछ । विदेशबाट बढिमा १ लिटर मात्रै रक्सी ल्याउन पाइन्छ ।

यस्तै ल्यापटप,कम्प्युटर वा ट्यावलेट, घडी, क्यामेरा, भिडियो क्यामेरा, सेलुलर–मोबाइल फोन र पेन ड्राइभ १-१ थान ल्याउँदा पूर्ण भन्सार छुट हुन्छ । बच्चा राख्ने पेराम्बलेटर र ट्राइसाइकल १-१ वटा ल्याउँदा पनि कुनै भन्सार तिर्नुपर्दैन ।

वैदेशिक रोजगारीमा गएर कम्तिमा एक वर्ष बिताएका नेपालीले ३२ इन्चसम्मको टिभी ल्याउन पाउँछन् । तर, अरु प्रयोजनले विदेशमा गएका र १ वर्ष नबिताएकालाई यो सुविधा छैन ।

विदेशमा काम गरेर फर्किएकाहरुलाई १ थानसम्म नयाँ मोबाइल ल्याउन दिइन्छ । यसमा ब्यवहारिकता हेरेर खुकुलो गरिएको पाइन्छ । विभिन्न पेशा गर्ने व्यक्ति स्वदेश फर्किंदा ल्याएका आफ्नो पेशासँग सम्वन्धित सामानमा पनि भन्सार लाग्दैन ।

डाक्टरले ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीले खेलकुद सामाग्री, संगीत क्षेत्रमा लागेकाहरुले गितार, हार्मोनियम लगायतका बाजा १-१ थान ल्याउन भन्सार तिर्नुपर्दैन ।

निश्चित परिमाणमा लुगाफाटा, बिछ्यौना, घर गृहस्थी लगायतका पुराना व्यक्तिगत प्रयोजनकासामग्री ल्याउन भन्सार लाग्दैन । तर, ठूलो परिमाणमा ल्याउन पाइँदैन ।

औषधि उपचारका लागि विदेश गएका नागरिकले आफ्नै प्रयोजनका लागि ल्याउने औषधि र शारीरिक रुपमा अशक्तहरुको सहाराको लागि ल्याइने सामग्रीमा पनि भन्सार छुट छ ।
सात किलोग्रामसम्म खाद्यवस्तुमा पनि भन्सार शुल्क लाग्दैन ।
प्रतिकृया दिनुहोस्

सम्बन्धित