Nepal Mediciti Hospital Ad

प्रहरीलाई जाडोको ज्याकेट बैशाखमा !

तपाईको खबर संवाददाता प्रकाशित : पुस २५, २०७५ Big News, पत्रपत्रिका मुख्य, पत्रपत्रिकाबाट, समाचार
Nepal-polish-Tapaikokhabar

देशभरीका प्रहरी कार्यालयले ज्याकेटको माग गर्दै मंसिरदेखि नै प्रधान कार्यालयमा ताकेता गर्न थालेका हुन् । तर, प्रधान कार्यालयले पुस दोस्रो हप्तामात्रै साढे १५ हजार ज्याकेट खरिद गर्न प्रक्रिया अघि बढाएको छ । टेन्डरलगायत सबै प्रक्रिया सकिएर ज्याकेट आउँदा चर्को गर्मी सुरु भइसक्नेछ ।

जाडोको सिजन सुरु हुन भन्दा अघि नै खरिद प्रकृया बढाएर सबै क्षेत्रमा वितरण गरीसक्नु पर्नेमा समेत खरिद नहुँदा धेरै प्रहरी यस वर्ष पनि माइनस २० डिग्री सेल्सियससम्मको चिसोमा प्रहरीको ज्याकेट नलगाई ड्यूटी गर्न बाध्य भए । खासगरी नयाँ भर्ना भएका प्रहरीले ज्याकेट पाएका छैनन् ।

नयाँ पत्रिका दैनिक

प्रतिकृया दिनुहोस्

सम्बन्धित